एफपिओ निष्काशन गर्ने ओरियन्टल होटल्सको प्रस्ताव

Sep 26, 2018 Merolagani

ओरियन्टल होटल्स लिमिटेड (OHL) ले पनि प्रिमियम मूल्यमा साधारण शेयरको नयाँ निष्काशन (एफपीओ) बिक्री गर्ने प्रस्ताव गरेको छ । कम्पनीले आगामी कात्तिक १२ राखेको २१ औं वार्षिक साधारण सभामाको एजेण्डामा एफपिओ निष्काशनको प्रस्ताव राखिएको छ ।

गत बर्षको कमाईबाट १५ प्रतिशत बोनस वितरण गर्ने घोषणा गरेको कम्पनीले बोनस वितरण गरेपश्चात कम्पनीको संस्थापक शेयरधनीको हिस्सा ५५ प्रतिशत तथा साधारण शेयर धनीको हिस्सा ४५ प्रतिशत कायम गर्नेगरी एफपिओ निष्काशन गर्ने जनाएको छ ।

हाल ९३ करोड ४२ लाख ३६ हजार ३८७ रुपैयाँ चुक्ता पुँजी रहेको ओरियन्टल होटलको प्रस्तावित १५ प्रतिशत बोनस सेयर वितरण पश्चात एक अर्ब ७ करोड ४३ लाख ७१ हजार ८४४ रुपैयाँ कायम हुनेछ । 

कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५४० रुपैयाँ हाराहारी छ ।

 

 

साधारण सभाबाट उक्त प्रस्ताव पारित भएपछि मात्र आवश्यक प्रक्रिया अघि बढ्नेछ । ओरियन्टलले काठमाडौंमा पाँचतारे -याडिसन होटल सञ्चालन गरिरहेको छ ।

त्यस्तै साधारणसभाले २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ । कम्पनीले ११.३२ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले कार्तिक १२ गते नेपाल प्रशासनिक प्रतिष्ठान, जावलाखेलमा एक्काइसौं बार्षिक साधारण सभा गर्ने भएको छ ।

लाभांश वितरण र साधारणा सभा प्रयोजनका लागि कम्पनीले असोज १९ गतेदेखि सेयरधनी किताब बन्द गर्ने भएको छ । यसअनुसार असोज १८ गतेसम्म कायम रहने सेयरधनीले मात्र लाभांश प्राप्त गर्नेछन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।