समता माइक्रोफाइनान्सको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम

Sep 30, 2018 Merolagani

समता माइक्रोफाइनान्स (SMATA) ले लिलामीमा राखेको १६ हजार ५६८ कित्ता सेयरका लागि आवेदन गर्ने आइतबार (असोज १४ गते) अन्तिम दिन हो । कम्पनीले संस्थापक समूहको ३ हजार ९०० कित्ता तथा सर्वसाधारण समूह तर्फको १२ हजार ६६८ कित्ता सेयर लिलामीमा राखेको छ ।

बोलपत्र पेश गर्दा साधारण सेयरका लागि एक सय कित्ता र संस्थापक सेयरको लागि न्यूनतम एक हजार कित्तादेखि लिलामी खुला गरिएको अधिकतम कित्ताका लागि बोलपत्र पेश गर्न सकिनेछ ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बढाबढ मूल्यमा बोलकबोलमा सहभागी हुन सक्नेछन् । हाल शेयरबजारमा लघुवित्तको सेयरमूल्य प्रतिकित्ता १३०३ रुपैयाँ हाराहारी छ ।

लिलामी आवेदन बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लाजिम्पाट, शाखा कार्यालयहरु लालदरबार, लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर तथा नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट पेश गर्न सकिने जनाइएको छ ।

कम्पनीले असार २७ देखि साउन २९ गतेसम्म चुक्ता पूँजीको ५० प्रतिशत हकप्रदमा जारी गर्दा अवितरित सेयर लिलामीमा ल्याएको हो । समताको चुक्ता पुँजी ३ करोड ७९ लाख २० हजार रुपैयाँ छ । लिलामी सेयर बिक्रीपछि पुँजी ५ करोड ६८ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।

गत आर्थिक वर्षमा ७३ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको समता माइक्रोफाइनान्सले गत वर्षको कमाईबाट १० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उसको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ४८ पैसा रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।