बेष्ट फाइनान्स (साबिक सिनर्जी ) को हकप्रदमा नबिकेको ८ लाख कित्ता शेयर लिलामीमा आउने

Sep 30, 2018 Merolagani

बेष्ट फाइनान्स कम्पनी (BFC) मा विलय भएको साबिकको सिनर्जी फाइनान्सको ८ लाख ५ हजार ८४ कित्ता शेयर लिलामीमा आउने भएको छ । कम्पनीले हकप्रदमा नबिकेको उक्त शेयर लिलामीमा बिक्री गर्ने भएको हो । 

सिनर्जीले १ बराबर ०.२५ कित्ताको अनुपातमा अर्थात २५ प्रतिशत हकप्रद शेयर गत असार २५ गते देखि निष्काशन गरेको थियो ।

कूल ११ लाख ८६ हजार २२.४७ कित्ता हकप्रद निष्काशन गरेकोमा ३ लाख ८० हजार ९३८ कित्ताका मात्र बिक्री भएपछि बाँकी शेयर लिलामीमा ल्याउने भएको हो ।

फाइनान्सको हकप्रदमा २०७५ जेठ २९ गते सम्म कायम साविक सिनर्जी फाइनान्सका शेयरधनीहरुका लागि मात्रै खुल्ला गरिएको थियो । हकप्रद शेयरमा २ लाख ५१२ जनावाट रितपूर्वक आवेदन परेकाे ३ लाख ८० हजार ९३८ कित्ता बाँडफाँड गरिएको फाइनान्सका धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

साउन २७ गते अन्तिम समय रहेकोमा प्रयाप्त आवेदन नपरेपछि फाइनान्सले १५ दिन थपेको थियो । त्यसपछि उपत्यकाबाट आवेदन गर्ने भदौ १२ गते मंगलबार र उपत्यका बाहिर भने भदौ ११ गते सोमबार अन्तिम दिन थियो ।

बेस्ट फाइनान्सले नेपाल राष्ट्र बैंकवाट गत असार १८ गते सिनर्जी फाइनान्सलाई प्राप्ति गर्ने स्वीकृती पाएको थियो । त्यस पछि बेष्ट फाइनान्सले साउन १७ गते देखि एकीकृत कारोबार सुरु गरेको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।