सानिमा इक्वीटी फण्डको प्रति इकाई खुद मूल्यमा देखिँदैछ निरन्तर बढोत्तरी

Oct 01, 2018 Merolagani

सानिमा क्यापिटलद्धारा संचालित सानिमा इक्वीटी फण्ड(SAEF) को भदौमा प्रति इकाई खुद मूल्य १० रुपैयाँ ३८ पैसा कायम भएको छ । साउनकोे तुलनामा भदौमा प्रति इकाई खुद मूल्य १५ पैसाले बढेको हो । साउनमा १० रुपैयाँ २३ पैसा थियो ।

पछिल्लो तीन महिनादेखि फण्डको प्रति इकाई खुद मूल्यमा निरन्तर सुधार देखिएको छ । गत जेठमा १० रुपैयाँ १० पैसा रहेको प्रति इकाई खुद मूल्य असारमा १० रुपैयाँ १५ पैसा, साउनमा १० रुपैयाँ २३ पैसा र भदौमा १० रुपैयाँ ३८ पैसा कायम भएको छ ।

इक्वीटी फण्डले भदौ महिनामा ३ करोड ५९ लाख २७ हजार रुपैयाँ कुल आम्दानी गरेको छ । साउनमा महिनामा एक करोड ३२ लाख ७५ हजार रुपैयाँ कुल आम्दानी गरेको थियो । भदौमा साउनकोे भन्दा २ करोड २६ लाख रुपैयाँले धेरै हो । फण्डले भदौमा ५७ लाख ३६ हजार खर्च गरेको छ ।

फण्डले सूचीकृत ४५ वटा कम्पनीहरुमा ३७ करोड ६९ लाख २७ हजार रुपैयाँ लगानी गरेको छ । त्यस्तै, सार्वजनिक निष्काशन, हकप्रद, बोनस सेयरमा एक करोड ८७ लाख रुपैयाँ, बैंककोे मुद्दती निक्षेपमा २६ करोड  गरी कुल ६५ करोड ५६ लाख रुपैयाँ लगानी गरेको छ । फण्डको बैंक मौज्दातमा ६६ करोड ३७ रुपैयाँ बचत छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।