सातामा नेप्से ४० अंकले घट्यो, प्रभु बैंकको उच्च कारोबार

Oct 06, 2018 Merolagani



यस साता नेप्से परिसूचक ३९.८१ अंकले घटेको छ । पाँचैदिन खुला रहेको यस साताको बजार तीन कारोबार दिन दोहोरो अंकले घटेपश्चात सातामा उच्च अंकको गिरावट देखिएको हो । मंगलबार मात्रै नेप्से सामान्य अंकले बढेको थियो ।

यस साता नेपाल स्टक एक्सचेन्जमा ८९ लाख २७ हजार ९१९ कित्ता शेयर २ अर्ब ३८ करोड ६८ लाख ६० हजार रुपैयाँ बराबरमा खरिद बिक्री भएका छन् ।

१८९ कम्पनीको २६ हजार ७३६ कारोबारबाट सो रकमको कारोबार भएको हो । कारोबार रकम गत साताको तुलनामा २७.८५ प्रतिशत कम हो । 

गत साता नेप्सेमा एक करोड ६७ लाख ७२ हजार दुई सय ४० कित्ता शेयरहरु ३ अर्ब ३० करोड ८१ लाख ६० हजार रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यस साता कारोबार रकम, काराेबार भएकाे शेयर दुबैको आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । बैंकको ४ लाख ६१ हजार कित्ता शेयर १४ करोड ५१ लाख ५० हजार रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।

त्यसैगरि एनएमबि बैंकको १२ करोड ९४ लाख ९० हजार, ग्लोबल आइएएमई बैंकको १२ करोड ४७ लाख ८० हजार, एनआईसी एशिया बैंकको ११ करोड ४५ लाख ७० हजार रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।

यस्तै प्रभु बैंकको ९ करोड ६१ लाख ५० हजार, माछापुच्छ्रे बैंकको ९ करोड १६ लाख ७० हजार, कुमारी बैंकको ८ करोड ७ लाख ३० हजार, सानिमा माइ हाइड्रोपावर ७ करोड ९३ लाख ३० हजार, नेपाल लाईफ इन्स्योरेन्स ६ करोड ७६ लाख ४० हजार, र दशौं नम्बरमा परेको मेगा बैंकको ६ करोड ४७ लाख ४० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

यस साता कारोबार संख्याको आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । बैंकको ९७८ वटा कारोबार भएको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँचैदिन खुला रहेपनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।