सातामा नेप्से ४० अंकले घट्यो, प्रभु बैंकको उच्च कारोबार

Oct 06, 2018 Merolagani



यस साता नेप्से परिसूचक ३९.८१ अंकले घटेको छ । पाँचैदिन खुला रहेको यस साताको बजार तीन कारोबार दिन दोहोरो अंकले घटेपश्चात सातामा उच्च अंकको गिरावट देखिएको हो । मंगलबार मात्रै नेप्से सामान्य अंकले बढेको थियो ।

यस साता नेपाल स्टक एक्सचेन्जमा ८९ लाख २७ हजार ९१९ कित्ता शेयर २ अर्ब ३८ करोड ६८ लाख ६० हजार रुपैयाँ बराबरमा खरिद बिक्री भएका छन् ।

१८९ कम्पनीको २६ हजार ७३६ कारोबारबाट सो रकमको कारोबार भएको हो । कारोबार रकम गत साताको तुलनामा २७.८५ प्रतिशत कम हो । 

गत साता नेप्सेमा एक करोड ६७ लाख ७२ हजार दुई सय ४० कित्ता शेयरहरु ३ अर्ब ३० करोड ८१ लाख ६० हजार रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यस साता कारोबार रकम, काराेबार भएकाे शेयर दुबैको आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । बैंकको ४ लाख ६१ हजार कित्ता शेयर १४ करोड ५१ लाख ५० हजार रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।

त्यसैगरि एनएमबि बैंकको १२ करोड ९४ लाख ९० हजार, ग्लोबल आइएएमई बैंकको १२ करोड ४७ लाख ८० हजार, एनआईसी एशिया बैंकको ११ करोड ४५ लाख ७० हजार रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।

यस्तै प्रभु बैंकको ९ करोड ६१ लाख ५० हजार, माछापुच्छ्रे बैंकको ९ करोड १६ लाख ७० हजार, कुमारी बैंकको ८ करोड ७ लाख ३० हजार, सानिमा माइ हाइड्रोपावर ७ करोड ९३ लाख ३० हजार, नेपाल लाईफ इन्स्योरेन्स ६ करोड ७६ लाख ४० हजार, र दशौं नम्बरमा परेको मेगा बैंकको ६ करोड ४७ लाख ४० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

यस साता कारोबार संख्याको आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । बैंकको ९७८ वटा कारोबार भएको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँचैदिन खुला रहेपनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।