एनआइबिएल एस क्यापिटलको लाभांश पारित

Oct 09, 2018 Merolagani



एनआइबिएल एस क्यापिटल लिमिटेडको आश्विन २३ मंगलबार सम्पन्न छैठौ साधारण सभाले लाभाशं वितरणको प्रस्ताव पारित गरेको छ । क्यापिटलले चुक्ता पूँजी २७ करोड रुपैयाँको १५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

नगद लाभांश बापत क्यापिटलले आफ्ना शेयरधनीलाई चार करोड ५० लाख रुपैयाँ वितरण गर्नेछ । 

साधारण सभामाले आर्थिक वर्ष २०७४/७५ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डा समेत पारित गरेको छ ।

यस्तै, आर्थिक वर्ष २०७५/७६ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण समेत गरेको छ ।

उक्त अवसरमा संस्थाले रक्त्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो ।

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।