एनआइबिएल एस क्यापिटलको लाभांश पारित

Oct 09, 2018 Merolagani



एनआइबिएल एस क्यापिटल लिमिटेडको आश्विन २३ मंगलबार सम्पन्न छैठौ साधारण सभाले लाभाशं वितरणको प्रस्ताव पारित गरेको छ । क्यापिटलले चुक्ता पूँजी २७ करोड रुपैयाँको १५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

नगद लाभांश बापत क्यापिटलले आफ्ना शेयरधनीलाई चार करोड ५० लाख रुपैयाँ वितरण गर्नेछ । 

साधारण सभामाले आर्थिक वर्ष २०७४/७५ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डा समेत पारित गरेको छ ।

यस्तै, आर्थिक वर्ष २०७५/७६ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण समेत गरेको छ ।

उक्त अवसरमा संस्थाले रक्त्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो ।

 




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।