दशैंपछिको दुई सातामा बैंकहरुमा ३४ अर्ब निक्षेप थपियो, कर्जा विस्तार १४ अर्ब

Nov 13, 2018 Merolagani



बैकिंङ प्रणालीमा लगानी योग्य रकम अभाव भएपछि बैंकहरु कर्जा विस्तारमा संयमित देखिएका छन्। ऋण दिने पैसा अभाव भएपछि संयमता अपनाएका बैंकहरुले कार्तिक दोस्रो सातामा ३४ अर्ब निक्षेप संकलन गर्दा १४ अर्ब मात्रै कर्जा परिचालन गरेका छन् ।

नेपाल राष्ट्र बैंकबाट प्राप्त पछिल्लो तथ्यांक अनुसार मध्य कार्तिकसम्म बैंकहरुमा २५ खर्ब ६५ अर्ब कुल निक्षेप पुगेको छ भने यस अवधिमा बैंकहरुले कुल २२ खर्ब ७१ अर्ब कर्जा विस्तार गरेका छन् ।

असोज मसान्तपछि अर्थात दशैंपछि मात्रै बैंकहरुमा ३४ अर्ब १४ करोड निक्षेप थपिएको छ । यसअवधिमा बैंकहरुले १४ अर्ब ३५ करोड कर्जा परिचालन गरेका छन् । गत असोज मसान्तको अन्त्यसम्म बैंकहरुले २५ खर्ब ३० अर्ब निक्षेप संकलन गरेर २२ खर्ब ५७ अर्ब कर्जा परिचालन गरेका थिए ।

चालु आर्थिक बर्ष लागे यता बैंकहरुको निक्षेप ३.७८ प्रतिशतले बढ्दा कर्जा परिचालन भने ७.७० प्रतिशतले बढेको छ । गत असारको अन्त्यसम्म बैंकहरुले २४ खर्ब ७१ अर्ब निक्षेप उठाएर २१ खर्ब ९२ करोड कर्जा परिचालन गरेका थिए ।

 

साउन लागे यता सरकारी बैंकहरुको निक्षेप भने घटेको छ । साढे तिन महिनामा सरकारी बैंकहरुको निक्षेप २.८८ प्रतिशतले घटेको छ । दशैं तिहार जस्ता ठुला चाडपर्वहरुका कारण यो समयमा सरकारी बैंकहरुको निक्षेप घटेको हो । तर यो अवधिमा सरकारी वाहेकका वाणिज्य बैंकहरुको निक्षेप भने ४.९७ प्रतिशतले बढेको छ ।

यस्तै चालु बर्ष लागे यता सरकारी बैंकहरुको कर्जा १.४३ प्रतिशतले बढ्दा निजी क्षेत्रका बैंकहरुको कर्जा प्रवाह ८.७५ प्रतिशतले बढेको देखिन्छ ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।