सानिमा माई हाइड्रोपावरको खुद नाफा ४ करोड बढीले वृद्धि

Nov 14, 2018 Merolagani



सानिमा माई हाइड्रोपावर (SHPC) ले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १९ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको यस अवधिको तुलनामा यो ४ करोड ४० लाख रुपैयाँले बढी हो ।

गत वर्षको पहिलो त्रैमासमा कम्पनीले १५ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले विद्युत बिक्रीबाट ३१ करोड ९२ लाख रुपैयाँ कमाएको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले विद्युत बिक्रीबाट २८ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

चुक्ता पूँजी २ अर्ब ११ करोड रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ २९ पैसा, प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ छ ।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।