सानिमा माई हाइड्रोपावरको खुद नाफा ४ करोड बढीले वृद्धि

Nov 14, 2018 Merolagani



सानिमा माई हाइड्रोपावर (SHPC) ले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १९ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको यस अवधिको तुलनामा यो ४ करोड ४० लाख रुपैयाँले बढी हो ।

गत वर्षको पहिलो त्रैमासमा कम्पनीले १५ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले विद्युत बिक्रीबाट ३१ करोड ९२ लाख रुपैयाँ कमाएको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले विद्युत बिक्रीबाट २८ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

चुक्ता पूँजी २ अर्ब ११ करोड रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ २९ पैसा, प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ छ ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।