अपि पावरको नाफा एक करोड ३७ लाख रुपैयाँले वृद्धि

Dec 30, 2018 Merolagani

अपि पावर कम्पनी (API) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ३ करोड ३ लाख रुपैयाँ कमाएको छ। गत वर्षको यहि अवधिको तुलनामा यो १ करोड ३७ लाख रुपैयाँले बढी हो । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड ६५ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

अपि पावरले विद्युत बिक्रीबाट ५ करोड ९९ लाख र अन्य स्रोतबाट ६ लाख ३९ हजार रुपैयाँ आम्दानी गरेको छ ।

अघिल्लो वर्ष विद्युत बिक्रीबाट ४ करोड ८ लाख रुपैयाँ कमाएको थियो । विद्युत बिक्री बापतको आम्दानी बढेपछि कम्पनीको नाफा बढेको हो ।

कम्पनीको मुनाफा अघिल्लो आ.व.को यही त्रैमासको तुलनामा ८३ प्रतिशतले बृद्धि भएको हो भने विद्युत बिक्री बाट कम्पनीको आम्दानी ४७ प्रतिशतले बढेको छ ।

अत्तरिया बलाँच १३२ के.भि. ट्रान्समिसन लाईन सञ्चालनमा आएपछि विद्युत विक्रीबाट आम्दानी बढेको कम्पनीले जनाएको छ ।

चुक्तापूँजी १ अर्ब १३ लाख ४० हजार रुपैयाँ रहेको कम्पनीले जगेडा कोषमा ९ करोड १६ लाख रुपैयाँ संचित छ ।

कम्पनीको नाफामा बृद्धि भएसँगै गत वर्ष ६ रुपैयाँ ३२ पैसा रहेको प्रतिशेयर आम्दानी यस अवधिमा १० रुपैयाँ ७२ पैसा पुगेको छ । यस्तै प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ०८ पैसा र मूल्य आम्दानी अनुपात २१.५५ गुणा बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।