ङादी ग्रुप पावर कम्पनीको नाफा बढ्यो

Nov 23, 2018 Merolagani

ङादी ग्रुप पावर कम्पनीले चालु आर्थिक बर्षको प्रथम त्रैमासमा २ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको छ । गत बर्षको तुलनामा २२ लाख ९७ हजार रुपैयाँले बढी हो । गत बर्षको यसै अवधिमा कम्पनीले २ करोड ५४ लाख रुपैयाँ बराबर नाफा कमाएको थियो ।

कम्पनीले विद्युत बेचेर ५ करोड ५ लाख रुपैयाँ कमाएको छ । गत बर्षको यसै अवधिमा कम्पनीले विद्युत बेचेर ५ करोड ३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको सञ्चालन नाफा ४ करोड २६ लाखबाट बढेर ४ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ५३ करोड ५५ लाख रुपैयाँ छ भने जगेडा कोषमा ३ करोड १२ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ ६८ पैसा, प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ८३ पैसा र मूल्य आम्दानी अनुपात ६.८२ गुणा छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।