ङादी ग्रुप पावर कम्पनीको नाफा बढ्यो

Nov 23, 2018 Merolagani



ङादी ग्रुप पावर कम्पनीले चालु आर्थिक बर्षको प्रथम त्रैमासमा २ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको छ । गत बर्षको तुलनामा २२ लाख ९७ हजार रुपैयाँले बढी हो । गत बर्षको यसै अवधिमा कम्पनीले २ करोड ५४ लाख रुपैयाँ बराबर नाफा कमाएको थियो ।

कम्पनीले विद्युत बेचेर ५ करोड ५ लाख रुपैयाँ कमाएको छ । गत बर्षको यसै अवधिमा कम्पनीले विद्युत बेचेर ५ करोड ३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको सञ्चालन नाफा ४ करोड २६ लाखबाट बढेर ४ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ५३ करोड ५५ लाख रुपैयाँ छ भने जगेडा कोषमा ३ करोड १२ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ ६८ पैसा, प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ८३ पैसा र मूल्य आम्दानी अनुपात ६.८२ गुणा छ ।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।