आँखुखोला हाइड्रोको नाफा वृद्धि , जगेडाकोष अझै १७ करोड ऋणात्मक

Nov 15, 2018 Merolagani

आँखुखोला हाइड्रो (AKHCL) ले चालु आर्थिक बर्षको प्रथम त्रैमासमा एक करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत बर्षको तुलनामा ५२ लाख ६७ हजार रुपैयाँले बढी हो । हाइड्रोले गत बर्षको यसै अवधिमा ९० लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

६६ करोड २३ लाख चुक्ता पूँजी रहेको हाइड्रोको जगेडा कोष १७ करोड २६ लाख रुपैयाँ ऋणात्मक रहेको छ । गत बर्ष यसै अवधिमा हाइड्रोको जगेडा कोष २५ करोड २१ लाख रुपैयाँले ऋणात्मक रहेको थियो ।

हाइड्रोले गत बर्षको तुलनामा विद्युत विक्री गरेर आम्दानी बढाउन भने सकेको छैन । गत बर्ष विद्युत बचेर ८ करोड २२ लाख रुपैयाँ बराबरको आम्दानी गरेकोमा समीक्षा अवधिसम्ममा हाइड्रोले विद्युत बेचेर ८ करोड २१ लाख मात्र आम्दानी गरेको छ ।

प्रशासनिक खर्चमा बढोत्तरी देखिएपनि हाइड्रोले समग्र खर्चमा भने व्यवस्थापन गरेको छ । गत बर्ष १९ लाख ८० हजार प्रशासनिक खर्च गरेकोमा यो बर्ष उक्त खर्च बढेर २४ लाख १५ हजार पुगेको छ । त्यस्तै हाइड्रोको समग्र खर्च गत बर्ष ७ करोड ३१ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा हाइड्रोले समग्र खर्च व्यवस्थापन गरेर ६ करोड ७८ लाखमा सीमित बनाएको छ ।

हाइड्रोको प्रतिशेयर आम्दानी २ रुपैयाँ १६ पैसा छ भने प्रतिशेयर नेटवर्थ ७३ रुपैयाँ ९३ पैसा छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।