सिन्धु विकास बैंकको खुद नाफा उच्च सुधारियो

Nov 14, 2018 Merolagani



चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सिन्धु विकास बैंकले एक करोड एक लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत वर्षको यसै अवधिको तुलनामा ९० लाख रुपैयाँले धेरै हो। गत वर्षको पहिलो त्रैमासमा बैंकले १० लाख ९५ लाख रुपैयाँ मात्र कमाएको थियो ।

खर्चका सूचकहरुलाई सन्तुलन गर्दै खुद ब्याज आम्दानी बढाउँदा बैंकले नाफा बढाउन सफल भएको हो। यद्यपी बैंककाे कर्मचारी खर्चमा उच्च वृद्दि भएकाले यसकाे नियन्त्रणमा व्यवस्थापनले जाेड दिनुपर्छ ।

यस त्रैमासमा बैंकले दुई करोड ९६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी ७४ प्रतिशतले बढेको हो । गत वर्ष बैंकले एक करोड ७० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

चुक्ता पूँजी ५० करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ८ करोड ९ लाख रुपैयाँ सञ्चित छ ।

बैंकले निक्षेप संकलन र कर्जा प्रवाहलाई जोड दिएको छ । असोज मसान्तसम्ममा बैंकले एक अर्ब ९३ करोड ९९ लाख रुपैयाँ निक्षेप संकलन गरर एक अर्ब ४८ करोड २९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

गत वर्ष यसै अवधिको तुलनामा बैंकले २३ करोड ८१ लाख रुपैयाँले धेरै निक्षेप संकलन गरेको हो भने ११ करोड ५३ लाख रुपैयाँले धेरै कर्जा परिचालन गरेको हो ।

बैंकले निष्कृय कर्जामा पनि सुधार गरेको छ । गत वर्षको पहिलो त्रैमासमा १.३९ प्रतिशत रहेको निष्कृय कर्जा अनुपात झिनो प्रतिशतले सुधारेर १.३२ प्रतिशतमा झारेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ १२ पैसा, प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ १९ पैसा रहेको बैंकको मूल्य आम्दानी अनुपात १५.२५ गुणा बढी छ ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।