ग्रीन डेभलपमेन्ट बैंकको नाफा बढ्यो, प्रति शेयर आम्दानी कति ?

Nov 25, 2018 Merolagani



ग्रीन डेभलपमेन्ट बैंक (GRDBL) ले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २२ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको यसै अवधिमा बैंक २१ लाख खुद नोक्सानीमा रहेको थियो । खुद ब्याज आम्दानी बढेसँगै बैंकको खुद नाफामा बढोत्तरी देखिएको हो ।

गत वर्ष ४३ लाख २१ हजार खुद ब्याज आम्दानी गरेको बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा एक करोड २० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

५८ करोड २९ लाख निक्षेप संकलन गरेको बैंकले ६२ करोड ८२ लाख रुपैयाँ बराबरको ऋण परिचालन गरेको छ ।

५० करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा एक करोड ३ लाख रुपैयाँ सञ्चित छ । गत वर्षको यसै अवधिमा बैंकको जगेडा कोष ९१ लाख ७० हजार रुपैयाँले ऋणात्मक रहेको थियो ।

बैंकको निष्क्रिय कर्जा अनुपात ३.९५ प्रतिशत छ । गत बर्षको बैंकको निष्कृय कर्जा अनुपात ४.२६ प्रतिशत रहेको थियो ।

बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ९० पैसा, प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ ८ पैसा र मूल्य आम्दानी अनुपात ६०.५० गुणा छ ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।