देव विकास बैंकमा विलिन हुन लागेको सहारा विकास बैंक नोक्सानीमा

Nov 22, 2018 Merolagani



देवः विकास बैंकमा मिसिने प्रक्रियामा रहेको सहारा विकास बैंक (SHBL) ले चालू आर्थिक वर्षको प्रथम त्रैमासमा एक लाख ४८ हजार रुपैयाँ खुद नोक्सानी ब्यहोरेको छ । गत वर्ष यसै अवधिमा पनि बैंक २९ लाख ३५ हजार खुद नोक्सानीमा रहेको थियो ।

सात करोड २९ लाख ९४ हजार रुपैयाँ चुक्ता पूँजी भएको बैंकको जगेडा कोषमा ५ करोड २७ लाख ९६ हजार रुपैयाँ सञ्चित छ । असोज मसान्त सम्म बैंकले ६३ करोड ८३ लाख रुपैयाँ निक्षेप संकलन गरर ८० करोड ७२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

बैंकको खुद ब्याज आम्दानी भने गत आवको प्रथम त्रैमासमा भन्दा घटेको छ । गत वर्ष यसै अवधिमा ६० लाख ५९ हजार खुद ब्याज आम्दानी गरेको यस बैंकले हाल ५९ लाख ५१ हजार खुद ब्याज आम्दानी गरेको छ ।

बैंकमा निष्कृय कर्जा अनुपातमा भने सुधार आएको छ । गत आवको प्रथम त्रैमासमा ५.६४ प्रतिशतको निष्कृय कर्जा २.२० प्रतिशतमा झारेको हो । बैंकको वार्षिक प्रतिसेयर आम्दानी ८१ पैसा ऋणात्मक रहेको छ ।

बैंकको प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ३२ पैसा र मुल्यआम्दानी अनुपात २७.१२ गुणा बढी रहेको छ ।

सहाराले गत जेठ ६ देखि असार २४ गतेसम्म चुक्ता पूँजीको २५० प्रतिशत बराबरको १८ लाख २४ हजार ८७० कित्ता हकप्रद शेयर बिक्री गरेको थियो । यो हकप्रदपछि बैंकको पुँजी २५ करोड ५४ लाख ८१ हजार पुग्ने भएपनि बैंकले प्रथम त्रैमासमा हकप्रदलाई पूँजीकरण गरेको छैन ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।