देव विकास बैंकमा विलिन हुन लागेको सहारा विकास बैंक नोक्सानीमा

Nov 22, 2018 Merolagani



देवः विकास बैंकमा मिसिने प्रक्रियामा रहेको सहारा विकास बैंक (SHBL) ले चालू आर्थिक वर्षको प्रथम त्रैमासमा एक लाख ४८ हजार रुपैयाँ खुद नोक्सानी ब्यहोरेको छ । गत वर्ष यसै अवधिमा पनि बैंक २९ लाख ३५ हजार खुद नोक्सानीमा रहेको थियो ।

सात करोड २९ लाख ९४ हजार रुपैयाँ चुक्ता पूँजी भएको बैंकको जगेडा कोषमा ५ करोड २७ लाख ९६ हजार रुपैयाँ सञ्चित छ । असोज मसान्त सम्म बैंकले ६३ करोड ८३ लाख रुपैयाँ निक्षेप संकलन गरर ८० करोड ७२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

बैंकको खुद ब्याज आम्दानी भने गत आवको प्रथम त्रैमासमा भन्दा घटेको छ । गत वर्ष यसै अवधिमा ६० लाख ५९ हजार खुद ब्याज आम्दानी गरेको यस बैंकले हाल ५९ लाख ५१ हजार खुद ब्याज आम्दानी गरेको छ ।

बैंकमा निष्कृय कर्जा अनुपातमा भने सुधार आएको छ । गत आवको प्रथम त्रैमासमा ५.६४ प्रतिशतको निष्कृय कर्जा २.२० प्रतिशतमा झारेको हो । बैंकको वार्षिक प्रतिसेयर आम्दानी ८१ पैसा ऋणात्मक रहेको छ ।

बैंकको प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ३२ पैसा र मुल्यआम्दानी अनुपात २७.१२ गुणा बढी रहेको छ ।

सहाराले गत जेठ ६ देखि असार २४ गतेसम्म चुक्ता पूँजीको २५० प्रतिशत बराबरको १८ लाख २४ हजार ८७० कित्ता हकप्रद शेयर बिक्री गरेको थियो । यो हकप्रदपछि बैंकको पुँजी २५ करोड ५४ लाख ८१ हजार पुग्ने भएपनि बैंकले प्रथम त्रैमासमा हकप्रदलाई पूँजीकरण गरेको छैन ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।