कर्णाली डेभलपमेण्ट बैंकको प्रतिशेयर आम्दानी ६५ पैसा !

Nov 14, 2018 Merolagani



चालू आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण धमाधम प्रकाशित भइरहँदा सूचीकृत कम्पनीहरुले प्रतिशेयर आम्दानी बढाएर प्रस्तुत गर्ने क्रम बढ्दै गएको छ। तर कर्णाली डेभलपममेन्ट बैंक (KRBL) ले भने गत आवको प्रथम त्रैमासमा ऋणात्मक रहेको इपिएस बल्ल धनात्मक बनाएको छ ।

बैंकले चालू आर्थिक वर्षको प्रथम त्रैमासमा बल्ल ६५ पैसा कायम हुने देखिन्छ । तर बैंकको बैंकले प्रकाशन गरेको वित्तिय विवरणमा भने प्रतिशेयर आम्दानी दुई रुपैयाँ ३ पैसा उल्लेख गरेको छ। जसले लगानीकर्ता नै अलमलमा पर्ने अवस्था सिर्जना भएको छ । 

चालू वर्षको पहिलो त्रैमासमा बैंकले ८ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंक एक करोड ६९ लाख ८५ हजार रुपैयाँले खुद नोक्सानीमा थियो । चौथो त्रैमासम्ममा बैंकले एक करोड कमाएको थियो ।

बैंकको कर्मचारी खर्च ९३ लाखबाट एक करोड २८ लाखमा बढ्दा खुद नाफा थप बढाउन नसकेको हो ।

असोज मसान्तसम्ममा दुई अर्ब ६० करोड ९ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले एक अर्ब ५० करोड ४८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

समीक्षा अवधिमा बैंकले एक करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ५३ लाख रुपैयाँ बढीले ऋणात्मक थियो ।

चुक्ता पूँजी ५० करोड २८ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ४ करोड ७० लाख रुपैयाँ सञ्चित छ । बैंकमा निष्कृय कर्जा अनुपात २.९७ प्रतिशतमा बढेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ८८ पैसा र मूल्य आम्दानी अनुपात ५५.१९ गुणाले बढी छ ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।