ओम डेभलपमेन्टको प्राइमसँग विलिनपूर्व चम्कियो प्रगति

Nov 12, 2018 Merolagani

ओम डेभलमेन्ट बैंक (ODBL) ले चालू आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा उल्लेख्य प्रगति गरेको छ। गत आर्थिक वर्षको यसै अवधिमा ३ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे बैंकले ८ करोड ६८ लाख रुपैयाँ पुर्याएको हो। 

 

प्राइम बैंकसँग विलिन हुन राष्ट्र बैंकबाट हालै सैद्धान्तिक स्वीकृती प्राप्त गरेकाे अाेम डेभलपमेन्ट बैंकले  गत वर्षकाे तुलनामा ४ करोड ९४ लाखले खुद नाफा बढाएको हो ।

दुई अर्ब ५१ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको प्रतिशेयर आम्दानी वार्षिक १३ रुपैयाँ ८१ पैसा पुगेको छ । गत वर्ष यसै अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी ९ रुपैयाँ ११ पैसा रहेको थियो ।

प्रथम त्रैमास अवधिमा बैंकले २१ अर्ब ९६ करोड २२ लाख रुपैयाँ निक्षेप संकलन गरि १९ अर्ब ४ करोड ४७ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ । यसबाट बैंकले २४ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने बैंकको सञ्चालन नाफा १३ करोड ४१ लाख रहेको छ ।

समीक्षा अवधिमा बैंकको ४ अर्ब ७५ करोड ३६ लाखले निक्षेप, ४ अर्ब ७६ करोड ८१ लाखले कर्जा, ९ करोड २५ लाखले खुद ब्याज आम्दानी र ८ करोड ४४ लाख रुपैयाँले सञ्चालन नाफा बढेको हो ।

खराब कर्जा अनुपात घटाएर १.५८ प्रतिशतमा झारेको यस बैंकको प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ४० पैसा, आधार ब्याजदर ११.९८, निक्षेप लागत ८.८९, कर्जा निक्षेप अनुपात ७५.२७ प्रतिशत रहेको छ ।

प्राइम र अाेमकाे प्राप्तीपछि प्राइमको चुक्ता पूँजी झण्डै दश अर्ब पुग्नेछ । सम्पति तथा दायित्वको मूल्याङ्कन डीडीएबाट शेयर स्वाप तय गरिने बताइएको छ । दुई बैंक एक भएपछि बन्ने बैंकको निक्षेप एक खर्ब बढी र कर्जा ८९ अर्ब नाघ्ने छ । बैंकको शाखा सञ्जाल ११६ पुग्नेछ ।

राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गरिसकेका  र उत्कृष्ट मानिएका प्राइम र अाेमकाे प्राप्तीले थाेरै पूँजीका अन्य बैंकहरुलाई मर्जर पूँजी वृद्धिको दबाव पर्ने देखिएको छ ।

मर्जर र एक्विजिशनकै बाटोबाट आठ अर्ब पूँजी पुर्याएको प्राइम बैंकले मर्जरबाटै बलियो बनेको ओम डेभलपमेन्टलाई प्राप्ति गर्ने भएपछि अन्य वाणिज्य बैंकहरुलाई समेत पूँजी बढाउन अप्रत्यक्ष दबाव पर्ने देखिएकाे हाे ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।