लगानीयोग्य रकमको अभाव झेलेका बैंकहरुलाई यस्तो छ गभर्नरको सुझाब

Nov 25, 2018 Merolagani



नेपाल राष्ट्र बैंकका गर्भनर चिरन्जीवि नेपालले बैंक तथा वित्तीय संस्थाहरुलाई निक्षेप कर्तालाई विश्वासमा लिन आग्रह गरेका छन् । कर्जा विस्तारको तुलनामा निक्षेप संकलन बढाउन नसकेर लगानीयोग्य रकमको अभाव झेलिरहेका बैंकहरुलाई गभर्नर नेपालले यस्तो सुझाब दिएका हुन् ।

 

आइतबार राजधानीमा नेपाल वित्तीय संस्थाका कर्मचारी संघले आयोजना गरेको सामाजिक संवाद नामक अन्तरक्रिया कार्यक्रममा गर्भनर नेपालले वित्तीय पहुँच बाहिर रहेका ६० प्रतिशत जनसंख्यावाट निक्षेप संकलन गरी लगानी गर्न बैंकरलाई सुझाव दिए ।

कार्यक्रममा उनले भने, ‘हाल ६८२ स्थानीय निकायमा बैंकिङ्क पहुँच पुगी सकेका छन् । त्यहाँवाट निक्षेप संकलन गरी कर्जा लगानी गर्न सकिन्छ । बैंकहरुले निक्षेपकर्ता सर्वसाधारणलाई विश्वासमा लिएर बचत गर्ने वातावरण बनाउन सक्नुपर्छ ।’

यस्तै वित्तीय क्षेत्रमा प्रविधिले फड्को मारेको स्मरण गराउदै निक्षेपकर्तालाई विश्वसमा लिन वित्तीय क्षेत्रमा कर्मचारीहरु प्रविधिमैत्री, स्मार्ट, सक्षम हुनु पर्नेमा उनले जोड दिए । वित्तीय साक्षरता प्रदान गरी कारोबार बढेमा संस्था बलियो हुने उनको भनाई छ ।

कर्मचारी युनियनहरुले क्षमता नपुगेका कमजोर कर्मचारीहरु क्षमता अभिबृद्धि गरी संस्थागत प्रगतीमा जोड दिन समेत आग्रह गरेका छन् ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।