मौद्रिक नीति अगावै मर्जरमा जाने आशयपत्र बुझाउन गभर्नरको निर्देशन

Jun 27, 2019 01:41 PM Merolagani

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवि नेपालले आगामी आर्थिक वर्षको मौद्रिक नीति आउनु अगावै मर्जरमा जानका लागि आशयपत्र बुझाउन वाणिज्य बैंकहरुलाई निर्देशन दिएका छन् ।

विहीबार २८ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी तथा अध्यक्ष सहभागि छलफलमा गभर्नर नेपालले सहमतिमा मर्जर तथा एक्विजिसनमा नजाने बैंकहरुलाई बाध्यतात्मक व्यवस्था गरिने समेत प्रष्ट पारे ।

साथै उनले मर्जरमा जाने बैंकहरुलाई आवश्यक सुविधा दिन राष्ट्र बैंक तयार रहेको समेत बताए ।

गर्भनर नेपालले मौद्रिक नीति अगावै मर्जरमा जानका लागि सहमति सहितको पत्र राष्ट्र बैंकमा पठाउन निर्देशन दिँदै बैंकहरुलाई आफनो जोडी आफै खोज्न भनेको छलफलमा सहभागि एक बैंकका प्रमुख कार्यकारीले मेरोलगानीलाई बताए ।

राष्ट्र बैंकले यहि असार २७ गते शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।