मौद्रिक नीति अगावै मर्जरमा जाने आशयपत्र बुझाउन गभर्नरको निर्देशन

Jun 27, 2019 01:41 PM Merolagani



नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवि नेपालले आगामी आर्थिक वर्षको मौद्रिक नीति आउनु अगावै मर्जरमा जानका लागि आशयपत्र बुझाउन वाणिज्य बैंकहरुलाई निर्देशन दिएका छन् ।

विहीबार २८ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी तथा अध्यक्ष सहभागि छलफलमा गभर्नर नेपालले सहमतिमा मर्जर तथा एक्विजिसनमा नजाने बैंकहरुलाई बाध्यतात्मक व्यवस्था गरिने समेत प्रष्ट पारे ।

साथै उनले मर्जरमा जाने बैंकहरुलाई आवश्यक सुविधा दिन राष्ट्र बैंक तयार रहेको समेत बताए ।

गर्भनर नेपालले मौद्रिक नीति अगावै मर्जरमा जानका लागि सहमति सहितको पत्र राष्ट्र बैंकमा पठाउन निर्देशन दिँदै बैंकहरुलाई आफनो जोडी आफै खोज्न भनेको छलफलमा सहभागि एक बैंकका प्रमुख कार्यकारीले मेरोलगानीलाई बताए ।

राष्ट्र बैंकले यहि असार २७ गते शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।