नेपाल राष्ट्र बैंकले बिहीबार १२ अर्बको विकास ऋणपत्र निष्काशन गर्ने

Jul 09, 2019 05:26 PM merolagani



नेपाल राष्ट्र बैंकले बिहीबार १२ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सरकारले गर्ने विकास निमार्णका लागि आवश्यक रकम जुटाउनका लागि विकास ऋणपत्र जारी गर्न लागेको हो ।

विहीबार निष्काशन हुने विकास ऋणपत्र २०८१ ’ग’ को अवधि ५ वर्ष रहेको छ । बोलकबोल प्रक्रियाबाट बिक्री हुने सो ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैर बैंक बित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ ।

इच्छुक खरीदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी खरीदकर्तालाई निष्काशित रकमको ८० प्रतिशत अर्थात ९ अर्ब ६० करोड र अप्रतिस्पर्धीलाई २० प्रतिशत अर्थात २ अर्ब ४० करोड छुट्याइएको छ ।

इच्छुक लगानीकर्ताले असार २६ गते विहीबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सफ्टवेयर मार्फत बोलपत्र पेश गर्नुपर्नेछ । ऋणपत्रमा न्यूनतम ५० हजार र बढीमा निष्काशित रकमको सीमा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म माग गर्न सकिनेछ । ऋणपत्र यहि असार २७ गते निष्काशन हुनेछ भने २०८१ असार २७ गते साँवा भुक्तानी हुनेछ ।

विकास ऋणपत्रका ब्याजदर भने बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने अर्धवाार्षिक रुपमा ब्याज भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ । यस्तै ब्याजमा आयकर लाग्ने छैन् । ऋणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन तथा दोश्रो बजार मार्फत खसरद बिक्री गर्न पनि सकिन्छ ।

सरकारले चालु वर्षमा १ खर्ब ७२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेपनि बैंकिङ्ग प्रणालीमा तरलता अभावले सरकारले चाहेजति आन्तरिक ऋण उठाउन सकेको छैन। केन्द्रीय बैंकको चौथो त्रैमासमा मात्रै ८६ अर्ब ऋण उठाउने लक्ष्य छ ।

 

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।