स्वावलम्बन लघुवित्तले साढे १० करोडको एफपिओ जारी गर्ने

Dec 17, 2018 Merolagani



स्वावलम्बन लघुवित्त वित्तीय संस्था (SWBBL) ले साढे १० कराेडकाे एफपिअाे निष्काशन गर्ने भएकाे छ। लघुवित्तमा हाल कायम रहेको संस्थापक र सर्वसाधारणको पूँजी अनुपात ७०ः३० लाई परिवर्तन गरी ५१ः४९ कायम गर्न एफपिओ निष्काशनका साथै ६ कराेड ६० लाखकाे संस्थापक शेयरलाई पनि साधारणमा रुपान्तरण गर्ने भएको हाे ।

यसका लागि लघुवित्तले सत्रौं वार्षिक साधारण सभामा १० करोड ४८ लाख १४ हजार ८२५ बराबरको साधारण शेयरको थप सार्वजनिक निष्काशन (एफपिओ) गर्ने प्रस्ताव गरेको छ ।

साथै कम्पनीले ६ करोड ६० लाख ३३ हजार बराबरको संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिवर्तन गर्ने प्रस्ताव समेत गरेको छ । एफपिओ र संस्थापक शेयर रुपान्तरण पश्चात लघुवित्तमा संस्थापक साधारण शेयर अनुपात ५१ः४९ कायम हुनेछ । हाल लघुवित्तमा संस्थापक सर्वसाधारणको शेयर अनुपात ७०ः ३० रहेकाे छ ।

हाल लघुवित्तको चुक्ता पूँजी ५० करोड ३१ लाख १० हजार ७०० रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको नाफाबाट लघुवित्तले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ११.८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्दैछ ।

बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी ६२ करोड ८८ लाख ८८ हजार ३७५ रुपैयाँ पुग्नेछ । यसमा लघुवित्तले १० करोड ४८ लाख १४ हजार ८२५ बराबरको साधारण शेयरको थप सार्वजनिक निष्काशन गरि जारी तथा चुक्ता पूँजी ७३ करोड ३७ लाख तीन हजार २०० रुपैयाँ कायम गर्ने प्रस्ताव समेत पारित गर्ने एजेण्डा रहेको छ ।

सभाले नाफा/नोक्सान हिसाबमाथि छलफल गरि वित्तीय प्रतिवेदन पारित गर्दै सर्वसाधारण तर्फको रिक्त सञ्चालक पदमा बाँकी अवधिका लागि सञ्चालक नियुक्ति गर्ने र स्वतन्त्र सञ्चालक समेत नियुक्त गर्नेछ ।

लघुवित्तको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले पुस २६ गते अम्रपाली ब्याङक्वेटमा सत्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ।

साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका पुस १० गतेदेखि २६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । यसअनुसार पुस ९ गते सोमबारसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।