वाणिज्य बैंकहरुले घटाए निक्षेपको ब्याजदर, कसको कति ?

Dec 22, 2018 Merolagani



वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । २२ वटा वाणिज्य बैंकहरुले नयाँ ब्याजदर निर्धारण गरेका हुन् । बैंकर्स संघमा नयाँ व्याजदर कायम गर्ने सहमति भएसँगै बैंकहरुले व्याजदर घटाएका हुन् । कर्जाको व्याजदर बढ्ने डरमा रहेका आम मानिसलाई बैंकहरुको नयाँ व्याजदरले केही आशावादी बनाएको छ । यद्यपी कर्जाको व्याजदरमा अहिले नै यसको असर देखिने छैन ।

बैंकहरुले सम्झौता अनुसार व्यक्तिगत मुद्धति खातामा ९.२५ तथा संस्थागत मुद्धति खातामा अधिक्तम ८.५० प्रतिशत र साधारण बचत खातामा ६.५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन् ।

नविल मेगा, सेन्चुरी, कुमारी र हिमालयन बैंकले ब्यातिmगत मुद्धतीमा १३ प्रतिशतसम्म ब्याज पुर्याएका थिए भने अन्यले १२.५० प्रतिशत सम्म ब्याजदर कायम गरेका थिए ।

अधिकतम र न्युनतम व्याजदरको बिचमा कुन बैंकले कति ताके व्याजदर, तालिकामा हेर्नुहोस् ।

वाणिज्य बैंकहरुले ब्याजदर बढाउदा विकास बैंक र वित्त कम्पनीहरुले पनि मुद्धती ब्याज बढाउन सुरु गरेका थिए । वाणिज्य बैंकहरुले व्याजदरमा अस्वस्थ प्रतिस्प्रधा गर्दा विकास बैंक र वित्त कम्पनीलाई आफ्नो निक्षेप जोगाउन हम्मे हम्मे परे पछि राष्ट्र बैंक पुगेर आफुहरु पनि व्याजदर बढाउन बाध्य हुने बताएका थिए ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।