वाणिज्य बैंकहरुले घटाए निक्षेपको ब्याजदर, कसको कति ?

Dec 22, 2018 Merolagani



वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । २२ वटा वाणिज्य बैंकहरुले नयाँ ब्याजदर निर्धारण गरेका हुन् । बैंकर्स संघमा नयाँ व्याजदर कायम गर्ने सहमति भएसँगै बैंकहरुले व्याजदर घटाएका हुन् । कर्जाको व्याजदर बढ्ने डरमा रहेका आम मानिसलाई बैंकहरुको नयाँ व्याजदरले केही आशावादी बनाएको छ । यद्यपी कर्जाको व्याजदरमा अहिले नै यसको असर देखिने छैन ।

बैंकहरुले सम्झौता अनुसार व्यक्तिगत मुद्धति खातामा ९.२५ तथा संस्थागत मुद्धति खातामा अधिक्तम ८.५० प्रतिशत र साधारण बचत खातामा ६.५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन् ।

नविल मेगा, सेन्चुरी, कुमारी र हिमालयन बैंकले ब्यातिmगत मुद्धतीमा १३ प्रतिशतसम्म ब्याज पुर्याएका थिए भने अन्यले १२.५० प्रतिशत सम्म ब्याजदर कायम गरेका थिए ।

अधिकतम र न्युनतम व्याजदरको बिचमा कुन बैंकले कति ताके व्याजदर, तालिकामा हेर्नुहोस् ।

वाणिज्य बैंकहरुले ब्याजदर बढाउदा विकास बैंक र वित्त कम्पनीहरुले पनि मुद्धती ब्याज बढाउन सुरु गरेका थिए । वाणिज्य बैंकहरुले व्याजदरमा अस्वस्थ प्रतिस्प्रधा गर्दा विकास बैंक र वित्त कम्पनीलाई आफ्नो निक्षेप जोगाउन हम्मे हम्मे परे पछि राष्ट्र बैंक पुगेर आफुहरु पनि व्याजदर बढाउन बाध्य हुने बताएका थिए ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।