एनसीसी बैंक र बेष्ट फाइनान्सद्धारा ८७ लाख बढी कित्ता शेयरमा लिलामी बाेलपत्र आह्वान

Dec 26, 2018 Merolagani

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) र बेष्ट फाइनान्स कम्पनीले हकप्रदमा अवितरित ८७ लाख १६ हजार ७७ कित्ता शेयर आज (पुस ११ गते बुधबार) देखि  लिलाम बढाबढमा बाेलपत्र आह्वान गरेका छन्। इच्छुक लगानीकर्ताले बिक्रीमा ल्याएका एनसीसी उक्त शेयरमा पुस २० गते शुक्रबारसम्म र  फाइनान्सकाेमा माघ १० गतेसम्म आवेदन दिन सक्नेछन् ।

पुस ११ गते बुधबार एनसीसी बैंकको शेयर प्रतिकित्ता २१५ रूपैयाँ र बेष्ट फाइनान्स कम्पनी प्रतिकित्ता एक सय रूपैयाँ हाराहारीमा कारोबार भैरहेको छ ।

लिलामी शेयरमा आवेदन गर्दा दोस्रो बजारमूल्यलाई ध्यान दिनु एकदमै जरूरी हुन्छ । 

कम्पनीहरूको दोस्रो बजारमा हुने कारोबार मूल्यको आधारमा र यसअघि भएका लिलामी शेयरको कटअफ कति तल भएको त्यसको आधारमा कुन कम्पनीको शेयर कति मूल्यमा बोलकबोल गर्नुपर्ने निर्धारण गर्नु उपयुक्त्त हुन्छ । जसले  न्यूनतम मूल्यमा शेयर सकार्नसक्ने अवस्था  समेत आउनसक्छ ।

एनसीसी कै करिब ८० लाख कित्ता

एनसीसी बैंक (NCCB) ले बुधबारेदेखि ७९ लाख १० हजार ९९३ कित्ता शेयर लिलामीका ल्याएको छ । बैंकले ल्याएको लिलामी शेयर मध्ये ६५ लाख १६ हजार ७९५ कित्ता शेयर संस्थापक र १३ लाख ९४ हजार १९८ कित्ता सर्वसाधारण शेयर रहेको छ ।

बैंकको हकप्रद शेयर बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय कमलपोखरी, र एनसीसी बैंकका विराटनगर, विरगञ्ज, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढी, नारायणगढ, बनेपा, र मुख्य शाखा कार्यालय बागबजारबाट पुस २० गते शुक्रबारसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

बोलपत्र आवेदन न्युनतम १०० रुपैयाँ तोकेर बोलपत्र पेश गर्नेपर्दछ । बोलपत्र पेश गर्दा संस्थापक एक हजार कित्तादेखि ६५ लाख १६ हजार ७९५ कित्ता र साधारण १०० कित्तादेखि लिलामीमा आएको सबै कित्ताको लागि आबेदन गर्न सकिनेछ ।

आवेदन रकम बैंकले उपलब्ध गराएको बैंक खाता नम्बरमा जम्मा गरि सक्कल भौचर समेत पेश गर्नुपर्छ । त्यस्तै दश लाख रुपैयाँभन्दा बढीको आवेदन दिनेले प्यान नम्बर आवेदन फारममा उललेख गर्नुपर्छ ।

एनसीसीले गत भदौ ४ देखि असोज २२ गतेसम्म २ः१ अनुपातमा २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । हकप्रदमा नबिकेको शेयर बैंकले लिलामीमा ल्याएको हो ।

बेष्ट फाइनान्सकाे शेयरमूल्य एक सय मात्र

बेष्ट फाइनान्स कम्पनी (BFC) ले आफूमा विलय भएको साबिकको सिनर्जी फाइनान्सको ८ लाख ५ हजार ८४ कित्ता शेयर बुधबारदेखि लिलामीमा ल्याएको छ । 

फाइनान्सको ५ लाख ५७ हजार ७७४.५७ कित्ता संस्थापक शेयर र २ लाख ५ हजार ८४.४७ कित्ता सर्वसाधारण तर्फको शेयर लिलामीमा ल्याएको हो ।

इच्छुक लगानीकर्ताहरुले प्रभु क्यापिटल, कमलादी काठमाडौं, बेष्ट फाइनान्सका केन्द्रिय कार्यालय सहित बुटवल, नेपालगंज, कपिलवस्तु, नवलपरासी, दाङ र पोखराका शाखा कार्यालयहरुवाट आबेदन फाराम लिई भुझाउन सकिन्छ ।

त्यस्तै प्रभु बैंकको आदर्शनगर विरगंज, जलजलाचोक विराटनगर, विरेन्द्रनगर सुर्खेत र गोदावरी रोड धनगढी शाखाबाट पनि आबेदन बुझाउन सकिने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

सिनर्जी फाइनान्सले १ बराबर ०.२५ कित्ताको अनुपातमा अर्थात २५ प्रतिशत हकप्रद शेयर गत असार २५ गते देखि निष्काशन गरेको थियो । कूल ११ लाख ८६ हजार २२.४७ कित्ता हकप्रद निष्काशन गरेकोमा ३ लाख ८० हजार ९३८ कित्ताका मात्र बिक्री भएपछि बाँकी शेयर लिलामीमा ल्याएको हो ।

जसकाे शेयर काराेबार एक सय रूपैयाँ हाराहारी मै भैरहेकाे छ । ८१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको चालु आर्थिक वर्षको पहिलो त्रैमास सम्ममा प्रतिशेयर आम्दानी ५० पैसा छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।