बजार सुधारका काम तत्काल गर्न धितोपत्र बोर्डलाई दबाब समूहको दबाब

Jan 02, 2019 Merolagani



मुद्रा तथा पूँजी बजारका बिषयमा सरकारद्धारा गठित कार्यदलले बुझाएका सुझाबहरु तत्काल कार्यान्वयन गर्न लगानीकर्ताले धितोपत्र बोर्ड समक्ष माग गरेका छन् । बुधबार शेयर लगानीकर्ता दबाब समूहले बोर्डको ध्यानकर्षण गराएको हो ।

कार्यदलले दिएका सुझाबका आधारमा नेपाल राष्ट्र बैंकले लगानीकर्ताका अधिकांश माग सम्बोधन गरेको परिप्रेक्ष्यमा धितोपत्र बोर्डले गर्नुपर्ने कामहरुमा विलम्ब भएको लगानीकर्ताको भनाई छ ।

पूँजीबजार सुधार तथा बिस्तारका लागि अध्ययन गर्न गठित कार्यदलले सरकारलाई बुझाएको सुझाब अनुसारका कामहरु तत्काल गर्न बोर्डको ध्यानकर्षण गराइएको दबाब समुहका अध्यक्ष्य हरि ढकालले मेरो लगानीलाई जानकारी दिए ।

अर्थमन्त्रालयले गठन गरेको अध्ययन समितिले केहि दिन अघि मुद्रा तथा पूँजी बजारमा गर्नुपर्ने सुधारका ५८ बुँदा सिफारिस गरेको थियो ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।