बजार सुधारका काम तत्काल गर्न धितोपत्र बोर्डलाई दबाब समूहको दबाब

Jan 02, 2019 Merolagani



मुद्रा तथा पूँजी बजारका बिषयमा सरकारद्धारा गठित कार्यदलले बुझाएका सुझाबहरु तत्काल कार्यान्वयन गर्न लगानीकर्ताले धितोपत्र बोर्ड समक्ष माग गरेका छन् । बुधबार शेयर लगानीकर्ता दबाब समूहले बोर्डको ध्यानकर्षण गराएको हो ।

कार्यदलले दिएका सुझाबका आधारमा नेपाल राष्ट्र बैंकले लगानीकर्ताका अधिकांश माग सम्बोधन गरेको परिप्रेक्ष्यमा धितोपत्र बोर्डले गर्नुपर्ने कामहरुमा विलम्ब भएको लगानीकर्ताको भनाई छ ।

पूँजीबजार सुधार तथा बिस्तारका लागि अध्ययन गर्न गठित कार्यदलले सरकारलाई बुझाएको सुझाब अनुसारका कामहरु तत्काल गर्न बोर्डको ध्यानकर्षण गराइएको दबाब समुहका अध्यक्ष्य हरि ढकालले मेरो लगानीलाई जानकारी दिए ।

अर्थमन्त्रालयले गठन गरेको अध्ययन समितिले केहि दिन अघि मुद्रा तथा पूँजी बजारमा गर्नुपर्ने सुधारका ५८ बुँदा सिफारिस गरेको थियो ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।