तामाकोशीको शेयरलाई नेप्सेले प्रतिशेयर न्युनतम ७४ रुपैयाँ ८९ पैसा देखि अधिकतम २२४ रुपैयाँ ६७ पैसा ओपनिङ्ग रेन्ज तोकेको छ । आइतबार साेही ओपनिङ्ग रेन्जको आधारमा तामाकोशीकाे कारोबार खुलेको हाे ।
समाचार तयार पार्दासम्म कम्पनीकाे शेयर काराेबार प्रतिकित्ता २२४ रूपैयाँमा काराेबार भएकाे छ ।
तामाकोशीको बिहीबार नेप्सेको १० करोड ५९ लाख कित्ता शेयर सूचीकृत भएको थियो ।
कम्पनीले गत साउनमा आयोजना प्रभावित दोलखावासीलाई एक अर्ब पाँच करोड रूपैयाँ र गत कात्तिक १५ देखि १९ गतेसम्म सर्वसाधारणलाई एक अर्ब ५८ करोड रूपैयाँ बराबरको साधारण शेयर बिक्री गरेको थियो ।
बिक्री भएका शेयर लगानीकर्ताको हितग्राही खातामा जम्मा भइसकेको छ । दोलखावासी र आम सर्वसाधारणलाई क्रमशः १० र १५ प्रतिशत शेयर बिक्री गरेको हो ।
कम्पनीले केही वर्ष पहिले नै कर्मचारी सञ्चयकोषका कर्मचारी, ऋणदाता संस्थाका कर्मचारी, सञ्चयकोषका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई शेयर बिक्री गरेको थियो ।
कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको हाल ९७ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाको लागत भने दोब्बरले बढेर ६९ अर्ब ६१ करोड रुपैयाँ पुग्ने अनुमान छ ।