फर्स्ट माइक्रोले निकाल्यो पहिलो वित्तीय विवरण, खुद नाफा १८ प्रतिशत माथि

Jan 15, 2019 Merolagani



फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था (FMDBL)  विगतका समयमा झै चालू आर्थिक वर्षको दोस्राे त्रैमासिक वित्तीय विवरण निकाल्ने पहिलो कम्पनी बनेको छ। लघुवित्तको अधिकांश सूचकहरुमा आकर्षक बढोत्तरी भएको छ भने खुद नाफा १८ प्रतिशतले बढेको छ ।

मंगलबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार लघुवित्त कम्पनीको खुद नाफा पाँच करोड ६३ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ८६ लाख १९ हजार रुपैयाँ बढी हो ।

समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४५ करोड ६२ लाखबाट ६८ करोड ४३ लाख पुगेको छ भने जगेडा कोषको आकार ११ करोड ९३ लाखबाट १५ करोड ३० लाख पुगेको छ ।

खराब कर्जा अनुपात शुन्य प्रतिशत रहेको लघुवित्तको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ४६ पैसा रहेको छ ।

चुक्ता पूँजी वृद्धिका कारण लघुवित्तको इपिएस भने ४ रुपैयाँ ४५ पैसाले खुम्चिएको हो । गत आवको यसै अवधिमा २० रुपैयाँ २१ पैसा इपिएस रहेको थियो ।

थोक लघुवित्त कर्जा प्रवाह गर्ने यस कम्पनीले यस अवधिमा चार अर्ब ५७ करोड सापटी लिएर चार अर्ब ६८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । जसबाट कम्पनीको खुद ब्याज आम्दानी ९ करोड १२ लाख पुगेको छ । गत आवको यसै अवधिमा उसको खुद ब्याज आम्दानी ८ करोड पाँच लाख थियो ।

खर्चमा मितव्ययी बनेको यस कम्पनीको सञ्चालन नाफा ८ करोड ८४ लाख रहेको छ । गत आवमा यस्तो नाफा ७ करोड ४९ लाख थियो ।

माइक्रोफाइनान्सको वित्तीय विवरण अनुसार प्रति शेयर नेटवर्थ १२२ रुपैयाँ ३६ पैसा र मूल्य आम्दानी अनुपात २२.८५ गुणा रहेको छ । कम्पनीले गत बर्षको मुनाफाबाट १२.६३ प्रतिशत (आठ करोड ६४ लाख ४९ हजार ७४३ रुपैयाँ) नगद लाभांश वितरण गरेकाे छ ।

 




जागिरको खोजीमा भूपु मन्त्री: श्रद्धा श्रेष्ठले नेपालमा बसालेको संस्कारले दिएको गम्भीर सन्देश

Sep 23, 2026 02:43 PM

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि झण्डै साढे तीन दर्जन आकाँक्षीहरुले आवेदन दिएका छन् । त्यसमध्येकी एक पात्र हुन् श्रद्धा श्रेष्ठ।