अन्नपूर्ण क्षेत्रकाे सडक स्तरोन्नति धमाधम

Jan 15, 2019 RSS



कास्कीको अन्नपूर्ण गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्रका सडक स्तरोन्नति गर्न सुरू गरेकाे छ । चालु आर्थिक वर्षमा गाउँपालिकाका सबै सडक स्तरोन्नतिका लागि बजेट समेत विनियोजन गरिएकाले अहिले सडक स्तरोन्नति गर्न थालिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताए ।

नयाँ पुल–घान्द्रुक सडकका लागि गण्डकी प्रदेश सरकारले रु दुई करोड १० लाख बजेट उपलब्ध गराएको र अन्य अधिकांश सडकका लागि गाउँपालिकाले नै बजेट छुट्याएको हो ।  

काँडे-सल्यान जोड्ने ११ किमि। सडकका लागि रु ७० लाख, बीरेठाँटी –उल्लेरी १६ किमि सडकका लागि रु ४५ लाख, लुम्ले घुम्ती–लान्द्रुक २२ किमि सडकका लागि ४० लाखका साथै ढिकुरपोखरी–देउरालीे नौ किमि सडक, नागडाँडा–तहरा जोड्ने १५ किमि। सडक र नागडाँडा–सेराचौर ११ किमि सडकका लागि रु २५÷२५ लाखका दलरले रकम छुट्याइएको छ ।

 भौगोलिक अवस्थिति समेतका आधारमा ती सडकका लागि बजेट विनियोजन गरिएको जानकारी दिँदै अध्यक्ष कुँवरले प्रदेश सरकारको सहयोगमा स्तरोन्नति हुने सडकका लागि गाउँपालिकाले ३० प्रतिशत व्यहोर्ने र गाउँपालिकाकाकै बजेटबाट स्तरोन्नति हुने सडककका लागि २० प्रतिशत स्थानीय सहभागिता रहने जानकारी दिए ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।