आइसिएफसि फाइनान्सको खर्च र नोक्सानी व्यवस्थाले घट्यो नाफा

Jan 26, 2019 Merolagani



आसिएफसि फाइनान्स (ICFC) को चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत आवको यसै अवधिको तुलनामा एक करोड रुपैयाँले घटेको छ। गत आवको यसै अवधिमा ७ करोड १८ लाख खुद नाफा कमाएको फाइनान्सको नाफा ६ करोड १७ लाख रुपैयाँमा सीमित भएको हो ।

खुद ब्याज आम्दानीमा ३५ प्रतिशतले सुधार गरेको फाइननान्सको सञ्चालन तथा कर्मचारी खर्च र खराब कर्जा नोक्सानी व्यवस्थाले खुद नाफामा संकुचन आएको हो । 

यस अवधिमा फाइनान्सले १२ करोड १५ लाखको खुद ब्याज आम्दानी बढाएर १६ करोड ४६ लाख आर्जन गरेको छ । तर कम्पनीको कर्मचारी खर्च ३ करोड ८७ लाखबाट ५ करोड ९७ लाख, अन्य सञ्चालन ३ करोड ९५ लाखबाट ४ करोड ५० लाख तथा नोक्सानी व्यवस्था रकम एक करोड ४४ लाखबाट २ करोड २३ लाखमा बढ्दा नाफा घटेको हो ।

चुक्ता पूँजी ८८ करोड २१ लाख रुपैयाँमा स्थिर रहेको फाइनान्सको प्रतिशेयर आम्दानी २ रुपैयाँ २९ पैसा गिरावट हुँदा १३ रुपैयाँ ९९ पैसामा झरेको छ । फाइनान्सको जगेडा कोष भने पौने २ करोडले सुधार भई २७ करोड ४१ लाख रुपैयाँ सञ्चित भएको छ ।

समीक्षा अवधिसम्ममा ९ अर्ब २ करोड ३ लाख रुपैयाँ निक्षेप संकलन गरेर फाइनान्सले ७ अर्ब ६० करोड ५२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । उसले दुई अर्ब ऋण सापटी लिएको छ । निक्षेप १९ र कर्जा लगानी २५ प्रतिशतले सुधार भएको हो ।

फाइनान्समा निष्कृय कर्जा अनुपात ०.१६ बाट बढेर ०.१६ प्रतिशतको अनुपातमा पुगेको छ ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।