ग्लोबल आइएमई लघुवित्तले खुद नाफामा छलाङ्ग मार्दा प्रतिशेयर आम्दानी २० रुपैयाँ बढ्याे

Jan 30, 2019 Merolagani

ग्लोबल आइएमई लघुवित्त (GILB) ले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १६२ प्रतिशतले बढाेत्तरी गर्दा प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ५० पैसा कायम गरको छ। गत आवको पुस मसान्तमा १५ रुपैयाँ ५५ पैसा रहेको लघुवित्तको इपिएस करिब २० रुपैयाँले बढेको हो ।

यस अवधिमा लघुवित्तले १६२ प्रतिशतले खुद नाफा बढाएर एक करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको पुस मसान्तसम्म लघुवित्तले खुद नाफा ७४ लाख ७० हजार रुपैयाँ मात्र थियो ।

गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस वितरण पछि कम्पनीको चुक्ता पूँजी ११ करोड ४ लाख रुपैयाँ पुगेको छ । यस्तै जगेडा कोष २ करोड २३ लाखबाट ३ करोड ५० लाखमा सञ्चित हुन पुगेको छ । छैटौं वार्षिक साधारण सभाले पारित गरेअनुरुप शतप्रतिशत हकप्रद जारी गर्न लागेको यस लघुवित्तले कल इन एडभान्स वापत ७ करोड ७३ लाख संकलन भएको जनाएको छ ।

समीक्षा अवधिमा कम्पनीले ५६ करोड ६४ लाख निक्षेप संकलन र एक अर्ब ७६ करोड ६० लाख बैंकबाट सापटी लिएर २ अर्ब २० करोड ४४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। कम्पनीले गत वर्षको तुलनामा निक्षेप ३२ करोड ५० लाख र कर्जा एक अर्ब ५४ करोड रुपैयाँले बढाएको हो ।

कम्पनीको खुद ब्याज आम्दानी २ करोड ५१ लाखबाट ५ करोड १८ लाख रुपैयाँ पुगेको छ । यसबाट कम्पनीले २ करोड ९१ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । गत वर्ष पुस मसान्तमा कम्पनीको सञ्चालन नाफा ९५ लाख ८४ हजार थियो ।

यस अवधिमा कम्पनीको खराब कर्जा अनुपातमा सुधार आएको छ । गत वर्ष १.३० प्रतिशत खराब कर्जा रहको यो अनुपात ०.५३ प्रतिशतमा झरेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ५० पैसा, प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ७३ पैसा, र मुल्य आम्दानी अनुपात ३३.०४ गुणा बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।