तीन कम्पनीको ४५ लाख ७ हजार कित्ता बोनस नेप्सेमा सूचीकृत

Feb 02, 2019 Merolagani



नेपाल स्टक एक्सचेञ्जमा यस साता तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। नागरिक लगानी कोष, महालक्ष्मी विकास बैंक र पोखरा फाइनान्सले ४५ लाख ७ हजार ५५२ कित्ता शेयर कारोबारका लागि सूचीकृत गराएका हुन् ।

नागरिक लगानी कोष र महालक्ष्मी विकास बैंकको बोनस मंगलबार र पोखरा फाइनान्सको बोनस बिहीबार नेप्सेमा सूचीकृत भएको हो । 

महालक्ष्मी विकास बैंक (MLBL) को गत असोज २६ गते सम्पन्न १७ औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ७ प्रतिशत नगद लाभांश र ८ प्रतिशत अर्थात २१ लाख ७ हजार ३७.९६ कित्ता बोनस पारित गरेको थियो ।

नागरिक लगानी कोष (CIT) को पुस ६ गते सम्पन्न तेइसौं वार्षिक साधारण सभाले चुक्ता पूँजीको कर प्रयोजनका लागि १.१६ प्रतिशत नगद लाभांश र २२.०६ प्रतिशत अर्थात १९ लाख ९२ हजार २८९.६६ कित्ता बोनस पारित गरेको थियो ।

पोखरा फाइनान्स (PFL) को गत कात्तिक २० गते सम्पन्न २२ औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ८.६८४ प्रतिशत नगद लाभांश र ५ प्रतिशत अर्थात ४ लाख ८ हजार २२५ कित्ता बोनस पारित गरेको थियो ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।