आरएसडिसी लघुवित्त पूँजी वृद्धिसँगै खुद नाफामा पनि आक्रमक, जगेडा कोष १४६८% बढ्याे

Feb 04, 2019 Merolagani



राष्ट्र बैंकले थोक लघुवित्तहरुलाई तोकेको चुक्ता पूँजी पुर्याउन दुईं सय प्रतिशत र सो पछि ६० प्रतिशत हकप्रद बिक्री गरेको आरएसडिसी लघुवित्त (RSDC) ले चालू आर्थिक वर्षको पुस मसान्तसम्म खुद नाफा १२१.८३ प्रतिशत र जगेडा कोष १४६८ प्रतिशतले बढाएको छ ।

लघुवित्त कम्पनीले गत पुस मसान्तसम्ममा एक करोड २८ लाख खुद नाफा गरेकोमा चालू आवको यसै अवधिमा दुई करोड ८४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । उच्च नाफा वृद्धिले लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ ।

यस्तै लघुवित्तले जगेडा कोषमा ब्यापक सुधार गरेको छ । यस अवधिमा लघुवित्तले १४६८ प्रतिशतले जगेडा कोषको आकार वृद्धि गरेको हो । गत आवको पुसमा लघुवित्तको जगेडा कोषमा ८५ लाख १४ हजार रुपैयाँ मात्र रहेकोमा चालू आवको यसै अवधिमा १३ करोड ३५ लाख पुगेको छ ।

गत आवको पुस मसान्तमा ७ रुपैयाँ ५४ पैसा रहेको लघुवित्तको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ९९ पैसा पुगेको हो ।

समीक्षा अवधिमा ३४ करोड ३ लाखको चुक्ता पूँजीलाई २९ करोड २१ लाख रुपैयाँले बढोत्तरी गरेर ६३ करोड ३५ लाख पुर्याएको छ । लघुवित्तले एक अर्ब ६४ करोड ५ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुबाट सापटी लिएर एक अर्ब ९१ करोड ६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । यसबाट कम्पनीले ५ करोड ५६ लाख खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको पुसको तुलनामा ११७.४९ प्रतिशत धेरै हो ।

लघुवित्तले खर्च प्रणाली चुस्त बनाउँदा अघिल्लो आवको यसै अवधिको तुलनामा शतप्रतिशत सञ्चालन नाफा बढाएर ४ करोड २५ लाख कमाउन सकेको छ । अघिल्लो आवको पस मसान्तमा लघुवित्तको सञ्चालन नाफा दुई करोड १ लाख रहेको थियो ।

लघुवित्तको खराब कर्जा ०.४० प्रतिशत, निक्षेप लागत १०.७५ प्रतिशत, पूँजी कोष अनुपात ३८.२६ प्रतिशत, प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ ८ पैसा र मूल्य आम्दानी अनुपात ४३.८२ गुणा रहेको छ ।

यसरी प्रयोग गर्नुहोस् डेटा एनालिटिक्स्




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।