उक्त शेयरमा इच्छुक लगानीकर्ताले मंगलबार कार्यालय समयसम्म मात्र आवेदन दिन सक्नेछन् । फाइनान्सले सर्वसाधारण समूहको शेयर दोस्रो पटक लिलाम बढाबढमा बिक्रीमा ल्याएको हो ।
फाइनान्सले यसअघि मंसिर १० देखि २४ गतेसम्म सर्वसाधारण समूहको १६ लाख ७१ हजार ९५५ कित्ता र संस्थापक समूहको ४ लाख ४८ हजार ६४९ कित्ता शेयर लिलामीमा ल्याएको थियो । जसमा संस्थापक सबै बिक्री भए पनि सर्वसाधारण समूहतर्फ आंशिक मात्र आवेदन परेको थियो ।
जसमा बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौं तथा सनराइज बैंकको वीरगञ्ज, विराटनगर, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल र धनगढी शाखाबाट आवेदन दिन सकिन्छ ।
बोलपत्र पेश गर्दा लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि लिलामीको अधिकतम कित्तासम्मका लागि एक सय रुपैयाँलाई आधार मानेर बढाबढ मूल्यमा बोलपत्र पेश गर्न सक्नेछन् । फाइनान्सको शेयर प्रतिकित्ता १२३ रुपैयाँ खरिद बिक्री भैरहेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यसले २ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ७ रुपैयाँ ५९ पैसा रहेको छ । हाल २१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको प्रोग्रेशिभको लिलामी शेयर बिक्री भएपछि ८० करोड एक लाख रुपैयाँ पुग्नेछ ।