आरम्भ माइक्रोफाइनान्सको खुद नाफा साढे ३१ लाख

Feb 06, 2019 Merolagani

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आरम्भ माइक्रोफाइनान्स (AMFI) ले ३१ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको दोस्रो त्रैमासमा माइक्रोफाइनान्सले ५ लाख २७ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।

चुक्ता पूँजी ६ करोड रुपैयाँ रहेको माइक्रोफाईनान्सको जगेडा कोषमा दुई लाख ६ हजार रुपैयाँ सञ्चित छ ।
पुस मसान्तसम्ममा १३ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरेको माइक्रोफाइनान्सले २६ करोड ८१ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट सापट गरेर ४० करोड ८४ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।

माईक्रोफाइनान्सले एक करोड ४६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ३८ लाख २६ हजार रुपैयाँले बढेको हो ।

माईक्रोफाइनान्समा खराब कर्जा अनुपात बढेर २.७३ प्रतिशत पुगेकाे छ। माईक्रोफाइनासको प्रतिशेयर आम्दानी १० रुपैयाँ ५० पैसा छ भो प्रतिशेयर नेटवर्थ एक सय रुपैयाँ ३४ पैसा छ । माइक्रोफाइनान्सको मूल्यआम्दानी अनुपात १४०.९४ गुणाले बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।