भारतकाे सहयाेगमा अर्थ मन्त्रालयका कर्मचारीकाे तालिम शुरू

Feb 12, 2019 Merolagani



भारतको विदेश मामला मन्त्रालयको ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ अर्न्तगत नेपालको अर्थ मन्त्रालयका २० कर्मचारीको दोस्रो टोली सहभागी ‘इन्स्टिच्युट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाइनान्स’ तालीम मंगलबार देखि भारतमा शुरु भएको छ ।

कूल ६२ कर्मचारीलाई प्रदान गरिने उक्त तालीम १० दिनसम्म सञ्चालन हुनेछ ।

तालीमले विद्युतीय भुक्तानी प्रणाली, लेखाविधि तथा रकम व्यवस्थापन, सार्वजनिक ऋण प्रणाली, वैदेशिक ऋण/अनुदान तथा प्रतिदानको लेखाविधि, पेन्सन भुक्तानी प्रणाली, आन्तरिक लेखापरीक्षण, आर्थिक जिम्मेवारी तथा बजेट व्यवस्थापन आदि विषयमा चलिरहेको विश्वव्यापी अभ्यासबारे क्षमता अभिवृद्धि गर्नेछ । प्रथम समूहका २० नेपाली कर्मचारीले १० दिने तालीम सम्पन्न गरेका थिए ।




भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।