एशियन लाइफको जीबन बीमाकोष १५ अर्बको बन्यो, पौने दुई अर्ब खुद बीमा शुल्क आर्जन

Feb 12, 2019 Merolagani

एशियन लाइफ इन्स्योरेन्स (ALICL) को जीबन बीमा कोषको आकार चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १५ अर्ब १३ लाख रुपैयाँ पुगेको छ। गत पुस मसान्तको तुलनामा कम्पनीले ३ अर्ब ६७ करोड ७० लाख रुपैयाँले बीमा कोष बढेको हो।

यस अवधिसम्ममा कम्पनीले एक अर्ब ७३ करोड ४८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको यहि अवधिको तुलनामा ५२ करोड ४ लाख रुपैयाँले बढी हो । गत वर्ष कम्पनीले १ अर्ब २१ करोड ४४ लाख रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको थियो । 

यस्तै कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट ६५ करोड १५ लाख रुपैयाँ, बीमालेख धितो कर्जामा १ अर्ब ६ करोड ४६ लगानी गरेर २ करोड १३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीले बीमाङ्कीय मूल्याङ्कन अघिको २ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत बर्षको यहि अवधिको तुलनामा ११.८५ प्रतिशतले बढी हो । गत बर्षको कम्पनीले २ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी एक अर्ब २५ करोड ६७ लाख रुपैयाँ भएको एशियन लाईफको जगेडा कोषमा २६ करोड ३४ लाख रुपैयाँ सञ्चित छ ।

गत आवको पुस मसान्तसम्म कम्पनीको चुक्ता पूँजी ८० करोड ५५ लाख ९३ हजार र जगेडा कोषको आकार २५ करोड ४३ लाख रहेको थियो ।

हालसम्म २ लाख ५० हजार ३५४ बीमालेख रहेको कम्पनीले कुल १७ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। कम्पनीले ३ हजार ४०१ दाबी वापत ९५ करोड ७५ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । यस्तै ६६ दाबी वापत १ करोड १७ लाख रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी छ।

यस अवधिमा इन्स्योरेन्स प्रतिशेयर आम्दानी ४ रुपैयाँ ६० रुपैयाँ, प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ९६ पैसा र मुल्य आम्दानी अनुपात १३२.९४ गुणा बढी छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।