नेपाल सेवा लघुवित्त ३८ लाख नोक्सानीमा, जगेडा कोषमा सुधार

Feb 14, 2019 Merolagani

नेपाल सेवा लघुवित्त (NSEWA) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा ३७ लाख ९६ हजार खुद नोक्सानी व्यहोरेको छ। प्रथम त्रैमासमा १६ लाख ६७ हजार नोक्साीमा रहेकोमा कम्पनीको नोक्सानी थप बढेको हो।

गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले १३ हजार खुद नाफा आर्जन गरेको थियो ।

नोक्सानीमा पुगेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ६६ पैसा ऋणात्मक भएको छ । खराब कर्जा अनुपात पनि ३.५५ बाट बढेर ४.८६ प्रतिशतमा पुगेको छ ।

गत बैशाखमा एक लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गरेको यस अवधिमा लघुवित्तले ४ करोड २० लाखको चुक्ता पूँजी ४२.८६ प्रतिशतले बढाएर ६ करोड पुर्याएको छ । कम्पनीको जगेडा कोष पनि ४७ लाख २५ हजार रुपैयाँ सञ्चित गरेको छ । गत आवको पुसमा ११ लाख जगेडा कोष रहेको थियो ।

लघुवित्तले निक्षेप संकलन ६९.५५ प्रतिशतले बढाएर ३ करोड ४८ लाखबाट ५ करोड ९१ लाख पुर्याएको छ भने कर्जा विस्तार २८.३८ प्रतिशतले बढाएर ३३ करोड ६२ लाख बराबरको रकम परिचालन गरेको छ । यसका लागि लघुवित्तले २२ करोड १२ लाख रुपैयाँ सापटी लिएको छ ।

पुस मसान्तसम्म लघुवित्तले २ करोड ५७ लाख ब्याज आम्दानी र एक करोड ६२ लाख ब्याज खर्च गरी ९५ लाख ५ हजार खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा २०.१२ प्रतिशतले बढी हो ।

गत वर्षको यसै अवधिमा लघुवित्तले ७९ लाख १३ हजार खुद ब्याज आम्दानी गरेको थियो ।

लघुवित्तको कर्मचारी खर्च र सञ्चालन खर्चमा बढोत्तरी देखिएको छ । गत वर्ष ५८ लाख ५५ हजार कर्मचारी खर्च र ३० लाख अन्य सञ्चालन खर्च गरेको लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६३ लाख ८९ हजार कर्मचारी खर्च र ४१ लाख ५ हजार अन्य सञ्चालन खर्च गरेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।