एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठले एकै पटक किन सारे झण्डै २ अर्बको शेयर ?

Feb 14, 2019 Merolagani



एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठले एकै दिन एभरेष्ट बैंकको झण्डै २ अर्ब रुपैंयाको शेयर कारोबार गरेका छन् । बिहीबार नेपाल स्टक एक्सचेञ्जमा कारोबारमा आएको १ अर्ब ९१ करोड ७६ लाख ३९ हजार ३७५ रुपैंयाको एभरेष्टको संस्थापक शेयर बैंकका अध्यक्षले कारोबार गरेका हुन् ।

नेपाल राष्ट्र बैंकले लाभांस बितरणमा रोक लगाए पछि श्रेष्ठले राष्ट्र बैंकको निर्देशन पालना गर्न शेयर कारोबार गरेको बुझिएको छ । श्रेष्ठले राष्ट्र बैंकको अंकुस पछि परिवारका नाममा रहेको ७२ लाख ३६ हजार ३७५ हजार कित्ता शेयर कारोबार गरेका हुन् ।

राष्ट्र बैंकले गरेको व्यवस्थाभन्दा बाहिर रहेर शेयर धारण गरेको भन्दै राष्ट्र बैंकले लाभांस बितरणमा रोक लगाएको थियो । एकाघर भित्र १५ प्रतिशतभन्दा धेरै शेयर धारण गर्न नपाइने व्यवस्था रहेकोमा राष्ट्र बैंकले कैफियत रहेको भन्दै शेयर स्वामित्व घटाएर मात्र अघि बढ्न एभरेष्ट बैंकलाई निर्देशन दिएको थियो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिके श्रेष्ठले राधा श्रेष्ठको नामबाट ५२ लाख ७७ हजार ७५० कित्ता तथा नेपालकृण श्रेष्ठको नामबाट १९ लाख ५८ हजार ६२५ कित्ता शेयर २६५ रुपैंयाको दरले प्रतिमा श्रेष्ठको नाममा १ अर्ब ९१ करोड ७६ लाख ३९ हजार ३७५ रुपैंयामा कारोबार भएको हो ।

राधा श्रेष्ठको नाममा ५२ लाख ७७ हजार ७५० कित्ता तथा नेपालकृष्ण श्रेष्ठको नाममा ६३ लाख ४५ हजार र प्रतिमा श्रेष्ठको नाममा ४७ लाख ३२ हजार कित्ता शेयर रहेको बैंकको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ ।

बिहीबार राधा श्रेष्ठको नाममा रहेको सबै शेयर कारोबार भएको हो भने नेपालकृष्णको नाममा अझै ४३ लाख १८ हजार कित्ताभन्दा बढी शेयर बाँकी छ । प्रतिमा श्रेष्ठको शेयर सवामित्व भने ४७ लाखबाट १ करोड २० लाख कित्ताभन्दा धेरै भएको छ ।

प्रतिशतका आधारमा हेर्दा अब प्रतिमा श्रेष्ठसँग साढे १४ प्रतिशतभन्दा धेरै शेयर स्वामित्व पुगेको छ । १५ प्रतिशतभन्दा धेरै स्वामित्व कायम नहुने गरी बिकेले शेयर बेचेर आफ्नो परिवारको स्वामित्व घटाएका हुन् ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।