मेलम्ची विवादः खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरको सरुवा

Feb 19, 2019 Merolagani



२ अर्ब ६० करोड गैह्र कानुनी भुक्तानी राेकेकाेमा मन्त्री असन्तुष्ट।
मेलम्ची खानेपानी आयोजनाबाट इटालियन ठेकदार भागे पछि सुरु भएको विवादले मन्त्रालयका सचिव गजेन्द्र ठाकुरको सरुवा भएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले ठाकुरको सरुवा गरेको स्रोतले बताएको छ । 

तर सरुवाको पत्र भने आफूले प्राप्त नगरेको सचिव ठाकुरले मेरोलगानीलाई बताए ।आयोजना छोडेर भागेको ठेकदारलाई गैह्र कानुनी भुक्तानी दिन अस्वीकार गरे पछि मन्त्रीसंग असमझदारी बढेको ठाकुरको भनाई थियो । मन्त्रालयका सचिव मेलम्ची खानेपानी आयोजना विकास समिति अध्यक्ष रहन्छन् । 

करिब २ अर्ब ६० करोड रुपैयाँ गैह्र कानुनी भुक्तानी दिन आफूले अस्वीकार गरेपछि मन्त्रीको दवाव तिब्र बनेको सचिव ठाकुरले बताए ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।