मेलम्ची विवादः खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरको सरुवा

Feb 19, 2019 Merolagani



२ अर्ब ६० करोड गैह्र कानुनी भुक्तानी राेकेकाेमा मन्त्री असन्तुष्ट।
मेलम्ची खानेपानी आयोजनाबाट इटालियन ठेकदार भागे पछि सुरु भएको विवादले मन्त्रालयका सचिव गजेन्द्र ठाकुरको सरुवा भएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले ठाकुरको सरुवा गरेको स्रोतले बताएको छ । 

तर सरुवाको पत्र भने आफूले प्राप्त नगरेको सचिव ठाकुरले मेरोलगानीलाई बताए ।आयोजना छोडेर भागेको ठेकदारलाई गैह्र कानुनी भुक्तानी दिन अस्वीकार गरे पछि मन्त्रीसंग असमझदारी बढेको ठाकुरको भनाई थियो । मन्त्रालयका सचिव मेलम्ची खानेपानी आयोजना विकास समिति अध्यक्ष रहन्छन् । 

करिब २ अर्ब ६० करोड रुपैयाँ गैह्र कानुनी भुक्तानी दिन आफूले अस्वीकार गरेपछि मन्त्रीको दवाव तिब्र बनेको सचिव ठाकुरले बताए ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।