मेलम्चीमा कसैको गिद्दे नजर पर्न दिन्नः खानेपानी मन्त्री मगर

Feb 22, 2019 Merolagani



खानेपानी मन्त्री विना मगरले मेलम्चीमा कसैको गिद्दे नजर पर्न नदिने बताएकी छिन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिदैं मन्त्री मगरले आफु मेलम्चीको पानी काठमाडौं ल्याउने सबै विकल्पमा लागि परेको बताईन ।

काठमाडौंमा मेलम्ची कहिले आउँछ भनेर मिति तोक्न सकिने अवस्था नरहेको भन्दै मन्त्री मगरले आफु कुनै किसिमको कमिशनको प्रलोभनमा नपरेको स्पष्टोक्ति दिईन ।

सञ्चार माध्याम नियोजित ढंगले आफ्ना विरुद्ध प्रचारवाजीमा लागेको पनि मन्त्री मगरको आरोप थियो ।
मन्त्रालयका सचिव गजेन्द्र ठाकुरको सरुवा नियमित भएको र मन्त्री देश डुवाउन लागेको भनि लगाएइको आरोप निराधार भएको उनले बताईन ।

मेलम्चीको सन्दर्भमा सचिव ठाकुर र आफु बिचमा कार्यगत तालमेल मिल्न नसकेको मन्त्री मगरले संसादहरुलाई बताईन । सचिव ठाकुरले सीएमसीसंग कमिशन मागेको भनेर आफूले कुनै सार्वजनिक अभिव्यक्ति नदिएको उनले पनि उनले स्पष्ट पारिन ।

शुक्रबारको सांसद बैठकमा गगन थापा, डिला संग्रौला पन्त, राजेन्द्र कुमार केसी, महेश बस्नेत, गगन थापा, प्रेम सुवाल र बहादुर सिंह लामाले प्रश्न गरेका थिए । मन्त्री मगरले पुन टेण्डर आव्हान गरेर भएपनि मेलम्चीको पानी काठमाडौं ल्याईने संसदमा प्रतिवद्धता जनाइन ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।