मेलम्चीमा कसैको गिद्दे नजर पर्न दिन्नः खानेपानी मन्त्री मगर

Feb 22, 2019 Merolagani



खानेपानी मन्त्री विना मगरले मेलम्चीमा कसैको गिद्दे नजर पर्न नदिने बताएकी छिन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिदैं मन्त्री मगरले आफु मेलम्चीको पानी काठमाडौं ल्याउने सबै विकल्पमा लागि परेको बताईन ।

काठमाडौंमा मेलम्ची कहिले आउँछ भनेर मिति तोक्न सकिने अवस्था नरहेको भन्दै मन्त्री मगरले आफु कुनै किसिमको कमिशनको प्रलोभनमा नपरेको स्पष्टोक्ति दिईन ।

सञ्चार माध्याम नियोजित ढंगले आफ्ना विरुद्ध प्रचारवाजीमा लागेको पनि मन्त्री मगरको आरोप थियो ।
मन्त्रालयका सचिव गजेन्द्र ठाकुरको सरुवा नियमित भएको र मन्त्री देश डुवाउन लागेको भनि लगाएइको आरोप निराधार भएको उनले बताईन ।

मेलम्चीको सन्दर्भमा सचिव ठाकुर र आफु बिचमा कार्यगत तालमेल मिल्न नसकेको मन्त्री मगरले संसादहरुलाई बताईन । सचिव ठाकुरले सीएमसीसंग कमिशन मागेको भनेर आफूले कुनै सार्वजनिक अभिव्यक्ति नदिएको उनले पनि उनले स्पष्ट पारिन ।

शुक्रबारको सांसद बैठकमा गगन थापा, डिला संग्रौला पन्त, राजेन्द्र कुमार केसी, महेश बस्नेत, गगन थापा, प्रेम सुवाल र बहादुर सिंह लामाले प्रश्न गरेका थिए । मन्त्री मगरले पुन टेण्डर आव्हान गरेर भएपनि मेलम्चीको पानी काठमाडौं ल्याईने संसदमा प्रतिवद्धता जनाइन ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।