सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीमको ५१ कम्पनीको शेयरमा साढे ४० करोड लगानी

Feb 21, 2019 Merolagani



सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीम (SEOS) को माघ मसान्तसम्ममा ५१ सूचीकृत कम्पनीमा ११ लाख ९१ हजार कित्ता शेयरमा ४० करोड ६५ लाख २५ हजार रुपैयाँ बराबरको लगानी रहेको छ। गत पुसमा फण्डको सूचीकृत कम्पनीको शेयरमा लगानी ९ करोड ३४ लाख ८१ हजार रुपैयाँले घटेको हो ।

गत पुसमा फण्डको ५८ सूचीकृत कम्पनीको १३ लाख १४ हजार कित्ता शेयरमा लगानी ५० करोड बराबरको लगानी थियो । 

यस्तै एम महिना अवधिमा फण्डको प्रतिईकाई खुद सम्पत्तिमूल्य १० पैसाले घटेको छ । पुसमा प्रतिइकाई खुद सम्पति मूल्य १० रुपैयाँ ६१ पैसा रहेकोमा माघ मसान्तमा १० रुपैयाँ ५१ पैसामा झरेको हो ।

एक अर्ब आकारमा सञ्चालित यस फण्डको माघ मसान्तमा खुद सम्पत्ति एक अर्ब ५ करोड ६ लाख रहेको छ । गत पुसमा फण्डको एक अर्ब ६ करोड ८ लाख बराबरको खुद सम्पत्ति थियो ।

सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीमले सबैभन्दा धेरै नेपाल बैंकमा लगानी रहेको छ , बैंकको १ लाख ९७ हजार ३७६ कित्ता शेयरमा ५ करोड ६६ लाख ४६ हजार रुपैयाँ बराबरको लगानी छ ।

यस्तै १० करोड रुपैयाँ मुद्धती निक्षेप, ४७ करोड ५२ लाख १० हजार रुपैयाँ बैंक मौज्दातमा र सूचीकृत नभएका आइपिओ, हकप्रद र बोनस सेयरमा ३ करोड ३३ लाख ७८ हजार रुपैयाँ लगानी छ ।

माघ मसान्तमा फण्डको कूल आय एक करोड ६५ लाख ८३ हजार रहेको छ । जुन गत पुस मसान्तको तुलनामा एक करोड २ लाख २६ हजार रुपैयाँ कम हो ।




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।