नबिल बैंक नेप्सेको कारबाहीमा, सोध्यो २४ घण्टे स्पष्टिकरण

Feb 22, 2019 Merolagani



नबिल बैंक (NABIL)  नेप्सेको कारबाहीमा परेको छ । नेप्सेलाई उपलब्ध गराउने पर्ने सूचना समय मै उपलब्ध नगराएको भन्दै बैंकलाई २४ घण्टे स्पष्टीकरण माग गरेको हो ।

सूचिकरण विनियमावली उल्लंघन गरेपछि नबिल बैंक नेप्सेको कारबाहीमा परेका हो ।

सूचिकरण सम्झौता अनुसार सार्वजनिक महत्वका सूचना कम्तिमा ७ दिन अघि जानकारी गराउनुपर्नेमा किन ढिलो जानकारी गराएको भन्दै नेप्सेले जवाफ माग गरेको छ ।

नेप्से सूचिकरण सम्झौताको बुँदा नम्बर १० अनुसार बुक क्लोज सम्बन्धी जानकारी बुक क्लेज हुने दिनभन्दा ७ दिनअघि नै जानकारी गराउनुपर्ने भन्ने छ।

बिहीबार बैंकले फागुन २७ गते साधारण सभा गर्नका लागि फागुन १४ गतेदेखि बुक क्लोज गर्ने सूचना निकालेको थियो । उक्त जानकारी नेप्सेमा ढिलोगरी प्राप्त भएको नेप्सेले जनाएको छ ।

 




comments powered by Disqus

दुई जीवन बीमाले घोषणा गरे २० प्रतिशत माथि लाभांश, अन्यको कति ?

Jan 31, 2025 12:46 PM

बैंक तथा वित्तीय संस्थाहरुको लाभांश घोषणा क्रम करिब सकिएपछि बीमा कम्पनीहरुले विस्तारै लाभांश घोषणा गर्न थालेका छन्। अहिलेसम्म नेप्सेमा सुचीकृत १४ वटा बीमा कम्पनीमध्ये २ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन्।