चार म्युचुअल फण्डकाे माघमा लगानी: कसको कुन कम्पनी पहिलाे राेजाइमा ?

Feb 26, 2019 Merolagani

मंगलबार तीन मर्चेन्ट बैंकद्धारा सञ्चालित चार म्युचुअल फण्डले माघ महिनाको वित्तीय विवरण सार्वजनिक गरेका छन्। एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनएमबि हाईब्रिड फण्ड एल–१ र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१, ग्लोबल आइएमई समुन्नत योजना–१ र नबिल इक्वीटी फण्डले वित्तीय विवरण सार्वजनिक गरेका हुन्।

शेयर बजारमा आएको गिरावटसँगै सूचीकृत शेयरमा लगानी घट्दा माघ महिनामा चार वटै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य घटेको छ। यस्तै चार फण्डमध्ये एनएमबि क्यापिटलकाे दुबै फण्डले नेपाल टेलिकमकाे शेयरमा उच्च लगानी गरेकाे छ। ग्लोबल आइएमई समुन्नत योजना १ फण्डले नेशनल लाईफ इन्स्योरेन्स छनाैट गर्दा नबिल इक्वीटी फण्डले नागरिक लगानी काेषकाे शेयरमा धेरै लगानी गरेकाे छ ।

एक महिना अन्तरालमा ग्लोबल आइएमई समुन्नत योजना–१ को तिइकाई खुद सम्पत्ति मूल्य सबैभन्दा धेरै २७ पैसाले घटेकाे छ । यस्तै नबिल इक्वीटी फण्डको १६ पैसा, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१ को १५ पैसा, र एनएमबि हाईब्रिड फण्ड एल–१ को ७ पैसाले  प्रतिइकाई खुद सम्पत्ति मूल्यमा गिरावट आएको छ।

यस्तै एनएमबि क्यापिटलद्धारा सञ्चालित दुबै फण्ड माघ मसान्तमा नाफामा रहँदा ग्लोबल आइएमई क्यापिटल र नबिल इक्वीटी फण्ड नोक्सानीमा रहेका छन्।

एनएमबि हाईब्रिड फण्ड एल–१ (NMBHF1)

एनएमबि हाईब्रिड फण्ड एल–१ को माघ मसान्तमा प्रतिइकाई खुद सम्पत्ति मूल्य १० रुपैयाँ ६० पैसा छ । पुस महिनामा फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य १० रुपैयाँ ६७ पैसा रहेकोमा ७ पैसाले घटेको हो ।
एक अर्ब रुपैयाँको आकारमा सञ्चालीत सात वर्ष अवधिको यस फण्डको खुद सम्पत्ति एक अर्ब ६ करोड दुई लाख ४३ हजार २६८ रुपैयाँ छ । गत महिनाको तुलनामा फण्डको खुद सम्पत्ति ६३ लाख ६ हजार रुपैयाँले घटेको हो । पुसमा फण्डको खुद सम्पत्ति एक अर्ब ६ करोड ६५ लाख ४९ हजार ७४३ रुपैयाँ थियो । खुद सम्पत्ति घट्दा त्यसको असर प्रतिइकाई खुद सम्पत्ति मूल्यमा परेको हो।

यस महिना फण्डले ४० कम्पनीको ५ लाख ४६ हजार ८६५ कित्ता सूचीकृत शेयरमा २३ करोड ९६ लाख ९ हजार ८२८ रुपैयाँ लगानी छ । पुसमा फण्डले २४ करोड ८९ लाख १८ हजार १९९ रुपैयाँ सूचीकृत शेयरमा लगानी थियो। 

माघमा फण्डकाे नेपाल टेलिकमको ४४ हजार ७२० कित्ता शेयरमा सबैभन्दा धेरै तीन करोड १३ लाख लगानी छ भने वाणिज्य बैंकहरुमा सब भन्दा धेरै अर्थात ८ करोड ६६ लाख २४ हजार रुपैयाँ लगानी छ ।

फण्डले ऋणपत्र तथा बण्डमा ८ करोड ५० लाख रुपैयाँ तथा हकप्रद तथा बोनस शेयरमा एक करोड ४६ लाख १२ हजार ३९९ रुपैयाँ लगानी छ। फण्डको स्थिर आय उपकरणमा ४२ करोड रुपैयाँ लगानी छ ।

माघमा मसान्तसम्म २९ करोड ८७ लाख ४५ हजार ३०४ रुपैयाँ बैंक मौज्दातमा सञ्चित गरेको छ । पुसमा २९ करोड ४८ लाख १९ हजार रहेको थियो।

माघ महिनामा फण्डको कूल आय तीन करोड ३४ लाख १६ हजार ६९९ रुपैयाँ रहेको छ । गत पुसमा फण्डको कूल आय तीन करोड ९७ लाख ५१ हजार ४६६रुपैयाँ रहेको थियो ।

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१ (NMBSF1)

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्डको माघ मसान्तमा एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१ को प्रतिइकाई खुद सम्पत्ति मूल्य ११ रुपैयाँ १८ पैसा कायम भयो । पुस महिनामा फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य ११ रुपैयाँ ३३ पैसा रहेकोमा १५ पैसाले घटेको हो ।

पाँच वर्ष अवधिको ७५ करोड रुपैयाँको आकारमा सञ्चालन भएको फण्डको खुद सम्पत्ति ८३ करोड ८२ लाख ८५ हजार १४५ रुपैयाँ छ । गत महिनाको तुलनामा फण्डको खुद सम्पत्ति एक करोड ४५ लाख ३१ हजार रुपैयाँले घटेको हो । पुसमा फण्डको खुद सम्पत्ति ८४ करोड ९८ लाख १६ हजार ४९५ रुपैयाँ थियो ।

माघ महिनामा फण्डको ५९ कम्पनीको ९ लाख ३० हजार ४३८ कित्ता सूचीकृत शेयरमा ३९ करोड ६६ लाख ५९ हजार ३०३ रुपैयाँ लगानी छ । पुसमा फण्डको ४१ करोड १८ लाख २१ हजार ७८५ रुपैयाँ सूचीकृत शेयरमा लगानी थियो ।

माघ मसान्तसम्ममा फण्डको नेपाल टेलिकको ३२ हजार २६५ कित्ता शेयरमा सबैभन्दा धेरै २ करोड २५ लाख लगानी छ ।

फण्डले ऋणपत्र तथा बण्डमा १७ करोड ४० लाख रुपैयाँ र हकप्रद तथा बोनस शेयरमा एक करोड ८९ लाख दुई हजार ७१५ रुपैयाँ लगानी छ। फण्डको स्थिर आय उपकरणमा ९ करोड रुपैयाँ लगानी गरेको छ ।

माघमा मसान्तसम्म फण्डकोे बैंक मौज्दातमा १५ करोड ८३ लाख ५३ हजार रुपैयाँ सञ्चित गरेको छ । गत पुसमा फण्डको बैंक मौज्दात १५ करोड ५७ लाख १२ हजार रहेको थियो ।

माघ महिनामा कूल आय एक करोड पाँच लाख ६० हजार ८८३ रुपैयाँ रहेको छ । गत पुसमा फण्डको कूल आय दुई करोड १९ लाख ८९ हजार १८ रुपैयाँ रहेको थियो ।

ग्लोबल आइएमई समुन्नत योजना–१ (GIMES1)

माघ मसान्तमा ग्लोबल आइएमई समुन्नत योजना–१ को प्रतिइकाई खुद सम्पत्ति मूल्य ८ रुपैयाँ ५० पैसा छ । गत महिनाको तुलनामा फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य २७ पैसाले घटेको हो । पुस महिनामा फण्डको एनएभि ८ रुपैयाँ ७७ पैसा थियो ।

सात वर्ष अवधिको एक अर्ब रुपैयाँको आकारमा सञ्चालित यस फण्डको माघ महिनाको खुद सम्पत्ति ८४ करोड ९७ लाख ६८ हजार २४३ रुपैयाँ छ । यो पुस महिनाको तुलनामा दुई करोड ७२ लाख एक हजार ८४६ रुपैयाँ कम हो । पुस महिनामा फण्डको खुद सम्पत्ति ८७ करोड ६९ लाख ७० हजार रुपैयाँ थियो।

माघ महिनामा फण्डकाे सूचीकृत ७८ कम्पनीको ५५ लाख २० हजार ८९६ कित्ता शेयरमा ७१ करोड ८३ लाख ६० हजार ४०७ रुपैयाँ लगानी छ । पुसमा फण्डले ७१ करोड ६६ लाख २३ हजार ४९२ लगानी गरेको थियो। फण्डको सूचीकृत ऋणपत्रमा एक करोड रुपैयाँ लगानी छ।

फण्डको माघमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ६४ हजार ६४५ कित्ता शेयरमा सबैभन्दा धेरै ४ करोड १६ लाख बराबरको लगानी रहेको छ ।

यता फण्डले सूचीकृत हुन बाँकी धितोपत्रमा दुई करोड ८३ लाख ७२ हजार ५१० रुपैयाँ लगानी छ भने मुद्धती निक्षेपमा ६ करोड रुपैयाँ लगानी छ ।

माघमा मसान्तसम्म फण्डले तीन करोड ४६ लाख ४४ हजार ७३४ रुपैयाँ बैंक मौज्दातमा सञ्चित गरेको छ । गत पुसमा ५ करोड ९ लाख ७६ हजार बैंक मौज्दात रहेको थियो ।

माघ महिनामा यस फण्डले २१ करोड ३३ लाख २४ हजार नोक्सानी व्यहोरेको छ। गत पसमा फण्ड १८ करोड ६१ करोड २२ हजार रहेको थियो ।

नबिल इक्वीटी फण्ड (NEF

माघ महिनामा नबिल इक्वीटी फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य पुस मसान्तको तुलनामा १६ पैसाले घटेर ८ रुपैयाँ ६१ पैसामा झरेको छ । पुस महिनामा फण्डको एनएभि ८ रुपैयाँ ७७ पैसा थियो ।

सात वर्ष अवधिमा एक अर्ब २५ करोड रुपैयाँको आकारमा सञ्चालित यस फण्डको माघ महिनामा खुद सम्पत्ति एक अर्ब ७ करोड ६८ लाख ६८ हजार ४४२ रुपैयाँ छ । यो गत महिनाको तुलनामा एक करोड ९९ लाख ३४ हजार ३१० रुपैयाँ कम हो । पुस महिनामा फण्डको खुद सम्पत्ति एक अर्ब ९ करोड ६८ लाख एक हजार ७५२ रुपैयाँ थियो ।

यस महिना फण्डले ६१ कम्पनीको १७ लाख ८७ हजार १२७ कित्ता सूचीकृत शेयरमा ६३ करोड ७५ लाख ३९ हजार ५७४ रुपैयाँ लगानी गरेको छ । फण्डले पुस महिनामा ६४ करोड ५२ लाख ९०७ रुपैयाँ सूचीकृत शेयरमा लगानी थियो ।

यसैगरि फण्डकाे नेप्सेमा सूचीकृत भएको ऋणपत्रमा ८ करोड ६३ लाख ८८ हजार ८३९ रुपैयाँ र सूचीकृत हुन बाँकी शेयरमा तीन करोड ३४ लाख ३६ हजार रुपैयाँ लगानी छ । फण्डको मुृद्धती निक्षेपमा भने १२ करोड ५० लाख रुपैयाँ लगानी छ ।

फण्डको माघ मसान्तमा नागरिक लगानी कोषको २७ हजार ३७० कित्ता शेयरमा ७ करोड २१ लाख ७४ हजार रुपैयाँ बराबरको लगानी छ ।

माघमा मसान्तसम्म फण्डको बैंक मौज्दातमा १९ करोड २० लाख ७४ हजार १९० रुपैयाँ सञ्चित गरेको छ। जुस महिनामा यस्तो रकम १९ करोड ३३ लाख ७ हजार रहेको थियो ।

माघ मसान्तमा यस फण्डले ५६ लाख १६ हजार ७२८ नोक्सानी व्यहोरेको छ । गत पुस मसान्तमा फण्डको कूल आय एक करोड ४३ लाख १९ हजार ५८२ रुपैयाँ रहेको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।