मुक्तिनाथ विकास बैंकका ऋणीलाई सहुलियत, घट्यो कर्जाको व्याजदर

Mar 01, 2019 Merolagani



मुक्तिनाथ विकास बैंक (MNBBL) ले ऋणको ब्याजदर घटाएको छ । बैंकले माघ महिना देखि आधुनिक बैंकिङ्गबाट प्रदान गरिएको कर्जाहरुमा तथा फागुन देखि साना तथा लघुवित्त तर्फबाट प्रदान गरिएको कर्जाहरुको ब्याजदर घटाएको जनाएको छ ।

बैंकले सबै प्रकारका कर्जामा ०.५ विन्दुले प्रतिशत सम्म ब्याजदर घटाएको सूचना अधिकारी तिल बहादूर गुरुङ्गले जानकारी दिए ।

आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले ग्राहकहरुलाई लक्षित गरी बैंकले प्रदान गर्ने कर्जाहरुमा ब्याजदर घटाएको उनको भनाई छ ।