आइतबारदेखि आईपिओ जारी गर्न लागेको स्पर्श लघुवित्त कस्तो कम्पनी हाे ?

Mar 08, 2019 Merolagani

- तीर्थराज पाैड्याल।
स्पर्श लघुवित्त (SPARSHA) ले फागुन २६ गते आइतबारदेखि सर्वसाधारणमा साधारण शेयर (आईपिओ) जारी गर्दैछ। शेयर जारी गर्ने भएपछि कम्पनीकाे बारेमा जान्ने चाहना शेयर बजारमा लगानी गर्ने सबैमा अहिले छ। यसलाइ मध्यनजर गरेर नै याे सामाग्री तयार पारिएकाे छ। 

कम्पनीले जारी पूँजीको ३० प्रतिशत २ करोड ६९ लाख ६३ हजार रुपैयाँ बराबरको २ लाख ६९ हजार ६३० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। जसमध्ये ४ हजार १४८ कित्ता (०.५ प्रतिशत) लघुवित्तका कर्मचारी र सामूहिक लगानी कोषलाई १३ हजार ४८२ (५ प्रतिशत) छुट्टाएर २ लाख ५२ हजार कित्ता शेयरका लागि आवेदन गर्न सक्नेछन्।

कम्पनीको आईपिओ धितोपत्र बोर्डबाट फागुन ३ गते स्वीकृत भएको थियो।

  • एक हजारदेखि आवेदन दिन सकिने

स्पर्श लघुवित्तको आईपिओमा लगानीकर्ताले न्यूनतम १० कित्ता अर्थात एक हजार रुपैयाँदेखि आवेदन गर्न सक्नेछन्। यस्तै अधिकतम एक हजार ३४० कित्ता अर्थात एक लाख ३४ हजार रुपैयाँसम्म आवेदन गर्ने पाइनेछ ।

धितोपत्र बाँडफाँड निर्देशिका अनुसार हरेक आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँड गर्दै जानुपर्ने हुन्छ । यसअनुसार गोलाप्रथाबाट २५ हजार २०० आवेदकले मात्र १० कित्ता शेयर प्राप्त गर्नेछन् । त्यस कारण लघुवित्तको आइपिओमा एक हजारको आवेदन नै प्रयाप्त हुने देखिन्छ ।

  • यस्ता छन् आवेदन स्थान

स्पर्श लघुवित्तको आईपिओ निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ। इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट सि आश्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। मेरो शेयर प्रयोगकर्ताले पनि यस सफ्टवेयरबाट आईपिओ भर्ने सुविधा रहेको छ।

लघुवित्तको आईपिओ छिटोमा फागुन २९ गते बन्द हुनेछ भने आवश्यक माग नपरेको खण्डमा भने चैत २५ गतेसम्म आवेदन खुला रहनेछ।

  • आईपिओ रेटिङ्ग गराउन आवश्यक परेन

कम्पनीले जारी गर्ने साधारण शेयरको आकार तीन करोड रुपैयाँभन्दा तल भएका कारण कम्पनीले क्रेडिट रेटिङ्ग गराउन आवश्यक नभएकाले रेटिङ्ग गराएको छैन।

तीन करोड भन्दा बढीको शेयर जारी गर्ने कम्पनीले भने अनिवार्य रुपमा क्रेडिट रेटिङ्ग गराउनुपर्ने व्यवस्था रहेको छ। हाल इक्रा नेपाल, केयर रेटिङ्गस् नेपालले सार्वजनिक निष्काशनको क्रेडिट रेटिङ्ग गराउँदै आएका छन् ।

  • सार्वजनिक निष्काशनको उपयोग

स्पर्शले आईपिओ बिक्रीबाट प्राप्त हुने रकममध्ये २ करोड रुपैयाँ पशुपालन तथा कृषि कर्जामा उपयोग गर्ने विवरण पत्रमा उल्लेख गरेको छ।

यस्तै, खुद्रा व्यापार तथा सेवा कर्जामा ४० लाख र साना तथा घरेलु उद्योग कर्जामा २९ लाख ६३ हजार रुपैयाँ उपयोग गर्ने जनाएको छ।

  • कम्पनीकाे विगत र कार्यक्षेत्र

पोखरा महानगरपालिका २६, विजयपुरमा केन्द्रीय कार्यालय रहेको स्पर्श लघुवित्त वित्तीय संस्था २०७३ फागुन ४ गते कम्पनी पब्लिक कम्पनीको रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको थियो।

कम्पनीले बैंक तथा वित्तीय सम्बन्धि ऐन २०७३ अनुसार दश जिल्ला कार्याक्षेत्रमा लघुवित्तीय कारोबार सञ्चालन गर्न नेपाल राष्ट्र बैंकबाट २०७४ असार २३ गते स्वीकृती पाएको थियो। यसपश्चात कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम कारोबार सञ्चालन गर्न असार २९ गते स्वीकृती पाए पश्चात सोही दिनबाट कारोबार सुरु गरेको थियो।

यस लघुवित्तले कास्की, लमजुङ्ग, तनहुँ, बाग्लुङ्ग, म्याग्दी, नवलपरासी, पर्वत, गुल्मी अर्धाखाँची, गोर्खामा वित्तीय कारोबार गर्न अनुमति पाएको छ भने हालसम्मद शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

  • पूँजी संरचना

स्पर्श लघुवित्त वित्तीय संस्था को अधिकृत पूँजी दश करोड, जारी पूँजी ८ करोड २९ लाख ६३ हजार र चुक्ता पूँजी ५ करोड ६० लाख रहेको छ ।

आईपिओ जारी गरेपछि लघुवित्तको चुक्ता पूँजी ८ करोड २९ लाख ६३ हजार रुपैयाँ पुग्नेछ। शेयर निष्काशन पश्चात लघुवित्तको शेयर स्वामित्व अनुपात साधारण शेयरको ३२.५० प्रतिशत र संस्थापक शेयरको ६७.५० प्रतिशत कायम हुनेछ।

  • यस्ता छन् लगानीकर्ता तथा व्यवस्थापक

कम्पनीमा मेगा बैंक, जनाता बैंक, तथा त्रिविका प्राध्यापक सुशिल भक्त माथेमा लगायतको लगानी कम्पनीमा रहेको छ भने तथा बैंकिङ्ग क्षेत्रमा खारिएका सञ्चालकहरु रहेका छन् ।

लघुवित्तको प्रमुख कार्यकारी अधिकृत सजल खड्का रहेका छन्। स्नातकोत्तर सम्मको अध्ययन गरेका मेचिनगर स्थायी झापा निवासी खड्कासँग लघुवित्त क्षेत्रको विभिन्न व्यवस्थापकिय पदमा बसेर काम गरेका १३ वर्षको कार्यअनुभव रहेको छ।

  • यस्तो छ कमाई प्रक्षेपण

स्पर्श लघुवित्तले लघुवित्तले आर्थिक वर्ष २०७३/७४ मा एक लाख १६ हजार र ०७४/७५ मा एक लाख एक हजार रुपैयाँ नाफा आर्जन गरेको छ। चुक्ता पूँजी ५ करोड ५० लाख रुपैयाँ रहेको लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। जगेडा कोषमा ८ लाख ३५ हजार र खराब कर्जा अनुपात ०.५१ प्रतिशत छ।

चालु आर्थिक वर्षको अन्त्यमा कम्पनीले एक करोड ४२ लाख ६६ हजार, २०७६/७७मा २ करोड ७५ लाख २५ हजार र आव ०७७/७८ मा ३ करोड ९० लाख खुद नाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको अन्त्यमा वार्षिक १५ रुपैयाँ ८५ पैसा, २०७६/७७ मा २५ रुपैयाँ ४९ पैसा र आव ०७७/७८ मा २८ रुपैयाँ ८९ पैसा कायम हुने कम्पनीको अनुमान छ । यस्तै प्रतिशेयर नेटवर्थ चालु आवदेखि तीन वर्षको क्रमश १०७.८६, ११४.२३ र ११९.८१ रुपैयाँ रहनेछ ।

यसैगरि कम्पनीले आर्थिक वर्ष ०७७/७८ सम्ममा शाखा संख्या ३५ वटा, सदस्य संख्या २० हजार, कर्जा लगानी ७८ करोड, निक्षेप संकलन ५६ करोड ३० लाख ६२ हजार ५०० र शेयर पूँजी १३ करोड ५० लाख पुर्याउने कम्पनीको लक्ष्य रहेको छ ।

२०७६ असार मसान्तसम्म कम्पनीले शाखा संख्या १५ वटा, सदस्य संख्या ४५ हजार, कर्जा लगानी एक अर्ब ६० करोड ८७ लाख ५० हजार तथा निक्षेप संकलन १९ करोड ५० लाख र शेयर पूँजी ९ करोड पुर्याउने कम्पनीको लक्ष्य रहेको छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।