सही शेयर छनौट गर्ने CAN SLIM रणनीति कुन बेला अपनाउने ?

Mar 08, 2019 merolagani

-आनन्द कुमार भट्टराई।
शेयर बजारमा प्रवेश गर्न र बाहिरिन जति सजिलो छ यसबाट राम्रो प्रतिफल प्राप्त गर्न त्यतिकै कठिन छ। गलत समयमा गरिएको गलत निर्णयले कंगाल बनाउन सक्छ भने सही समयमा गरिएको विवेकी निर्णयले संपतीमा उच्च वृद्धि गराउन सम्भव हुन्छ । कतिले यसलाई जुवाको संज्ञा पनि दिन्छन्। 

शेयर बजार केटाकेटीले जस्तो नबुझि जथाभावी खेल्नेको लागि यो जुवा सरह नै हो,तर, जसले बूझेर संयमित भै लगानी गर्छ, उ अन्ततः विजेता शेयर कतिबेला खरिद गर्ने, कतिबेला बिक्री गर्ने तथा कस्तो समयमा होल्ड गरि राख्ने भन्ने सम्बन्धमा अनेकन विधी विधान, सिद्धान्तहरु छन् ।

सफल लगानीकर्ताहरुका आआफ्नै रणनीति तथा सिद्धान्तहरु छन् । कुनै सजिला छन् भने कतिपय जटिल पनि छन् । आम लगानीकर्ताले ती सबै कुरा बुझ्न पनि सक्दैनन् । तथापी शेयर बजारमा लगानी गर्न धेरै ज्ञानको आवश्यक्ता पर्दैन भनेर पनि भनिन्छ ।

यो सत्य हो की दीर्घकालिन हिसाबले शेयरमा लगानी गरेर प्रतिफल प्राप्त गर्न कम्पनीको केही आधारभूत तथ्यांकको विश्लेषण गर्ने क्षमता र खरिद तथा बिक्रि गर्ने समयको पहिचान गर्न सक्ने क्षमता मात्र भए पुग्छ । कम्पनीको आधारभूत तथ्यांक उसको वेबसाईटमा उपलब्ध हुन्छ भने समग्र बजारको मूल्य/आम्दानी अनुपात, कम्पनीको मूल्य/आम्दानी अनुपात, मूल्य/नेटवर्थ अनुपात तथा अन्य सूचकहरुको आधारमा खरिद/बिक्रिको निर्णय सहजै लिन सकिन्छ ।

आम लगानीकर्ताको यस्तै समस्याको समाधानको लागि  American Stock Research and Education Company Investor's Business Daily का founder William O'Nell ले सन १९५० मा CAN SLIM भन्ने लगानी रणनीतिको विकास गरे । शेयर छनौट गर्ने यो रणनीतिलाई सन १९९८ देखि २००९ सम्म American Association of Individual Investors  ले  top-performing investment strategy को रुपमा लिएको थियो ।

अर्कोतर्फ शेयर छनौट गर्ने CAN SLIM रणनीतिलाई Dan Zanger ले प्रसिद्ध बनाए जब उनले अमेरिकाको dot-com bubble को अन्तिम दुई वर्षको अन्तरालमा १० हजार डलर लाई १८० लाख डलर बनाउन सफल भए ।  यो राम्रो शेयर पहिचान गर्ने त्यस्तो techno-fundamental strategy हो जसले आम्दानी बढाउदै लगेको कम्पनीमा ध्यान केन्द्रित गर्छ ।

CAN SLIM  ७ वटा अक्षरबाट बनेको संक्षेपीकरण हो जसको प्रत्येक अक्षरको आफ्नै परिभाषा तथा महत्व छ जसलाई लगानीकर्ताले शेयर खरिद गर्नु पहिले जान्नु आवश्यक छ ।

Current Quarterly Earnings

Annual Earnings Growth

New Product or Service

Supply and Demand

Leader or Laggard

Institutional Ownership

Market direction

C

A

N

S

L

I

M

 

C = Current Quarterly Earnings:

त्यस्तो कम्पनीको शेयर छनौट गर्नु पर्छ जसले वितेको त्रैमासिकमा आफ्नो आम्दानीमा अघिल्लो बर्षको सोही अवधीको तुलनामा कम्तीमा २५ प्रतिशतको बृद्धि हासिल गरेको होस । र यस्तो बृद्धि एक पटकको मात्र होईन की निरन्तर रुपमा उच्च दरमा गरिरहेको हुनु पर्छ ।

A = Annual Earnings Growth:

त्यस्तो कम्पनीको शेयर छनौट गर्नु पर्छ जसले गत विगत ( वितेको ३ – ५ बर्ष ) देखि नै बार्षिक रुपमा आफ्नो आम्दानीमा कम्तीमा २५ प्रतिशतको बृद्धि हासिल गरेको होस । यस्तो आम्दानी कुनै सम्पती विक्रीबाट अथवा कर छूट जस्तो एक पटकको नभई नियमित ब्यवसायबाट गरेको हुनु पर्छ अर्थात शेयरले निरन्तर रुपमा उच्च आम्दानी बृद्धि गरिरहेको हुनु पर्छ ।

यहाँ २५ प्रतिशतको बृद्धि दरको आवश्यक्ता मोटामोटी हो किनकी समग्र शेयर बजारको आम्दानीको ट्रेण्ड अनुसार यो घटीबढी हुन सक्छ । मुख्य कुरा भनेको त्यस्तो शेयरको छनौट गर्नु पर्छ जसको आम्दानीको बृद्धि प्रतिशत सेक्टरको औसत भन्दा बढी होस ।

त्यसै गरी उक्त कम्पनीको ईक्वीटीमा प्रतिफल (Return on Equity)  १७ प्रतिशत भन्दा बढीको हुनु पर्छ । ROE १७ भन्दा बढी हुनुको अर्थ कम्पनीले आफ्नो श्रोतको उपयोग प्रभावकारी किसिमले गरिरहेको छ भन्ने बुझिन्छ ।

N = New Product or Service:

लगानीकर्ताले त्यस्तो कम्पनीको छनौट गर्नु पर्छ जसले समय र बजारको माग अनुसार नयाँ नयाँ वस्तु तथा सेवाहरुको शुरुवात गर्न बढी अग्रसर भएका छन् । अर्थात बैङ्कहरुले ऋण लगानी/निक्षेप बढाउन, विमा कम्पनीहरुले नयाँ विमितहरुलाई आकर्षित गर्न प्रभावकारी नयाँ प्रडक्टहरु ल्याएका छन की छैनन् ? यसको अध्ययनबाट कम्पनीले भविष्यमा उच्च बृद्धि हासिल गर्छ की गर्दैन भन्ने कुरा अनुमान गर्न सकिन्छ ।

S = Supply and Demand:

आपूर्ती कम हुने थोरै शेयर संख्या भएका कम्पनीको शेयरले राम्रो गर्ने संभावना रहन्छ । विगत तिन महिनाको औसत कारोवार मात्रा भन्दा दैनिक कारोबार मात्रा बढी भएको कम्पनीको शेयरमा ध्यान केन्द्रित गर्नु पर्दछ ।

त्यसैगरी बढदो मात्राको कारोबार संग संगै मूल्य पनि बढदै गईरहेको छ भने त्यस्तो शेयरलाई पनि आफ्नो छनौटमा राख्नु पर्छ । किनकी मूल्य पनि बढदै जाने र मात्रा पनि बढदै जानुको अर्थ संस्थागत लगानीकर्ताहरुले शेयर उठाईरहेको अवस्थाको संकेत हो ।

न्यून आपूर्तीको तुलनामा अत्यधिक मागको अवस्था देखिएमा Share Cornering भएको हुन सक्ने संकेत हो र यसले शेयर मूल्यलाई अत्यधिक रुपले बृद्धि गर्ने हुनाले यस्तो शेयर प्रति सजग हुनु पर्दछ । साथै संस्थागत लगानीकर्ताहरुले ठूलो मात्रामा उठाई रहेका शेयरमा ध्यान केन्द्रीत गर्नु पर्दछ ।

L = Leader or Laggard:

शेयरको छनौट गर्दा सेक्टरको कमजोर कम्पनीको तुलनामा नेतृत्वदायी कम्पनीको छनौट गर्नु पर्दछ । यस्तो बेलामा प्राविधिक विश्लेषणको औजार Relative Strength Index (RSI) को सहयोग लिन सकिन्छ, जुन १ (एकदमै खराब) देखि ९९ (एकदम राम्रो) को विचमा हुन्छ । ३० भन्दा भाथिको RSI ले खरिद अवसर (bullish) लाई जनाउछ भने ७० भन्दा भाथिको RSI ले बिक्रि अवसर (bearish) लाई संकेत गर्दछ ।

I = Institutional Ownership:

शेयर खरिद गर्न कम्पनी छनौट गर्दा उक्त कम्पनीको शेयर बैङ्क/बिमा कम्पनी, म्यूचुवल फण्ड, पेन्सन फण्ड तथा अन्य संस्थागत लगानीकर्ताहरुद्धारा खरिद गरिएको छ की छैन भनी हेर्नु पर्छ भन्छ । किनकी संस्थागत लगानीकर्ताले धारण गरेको शेयरको मूल्यमा जोखिम कम हुन्छ र बजार बढदा यस्ता शेयरको मूल्य तुलनात्मक हिसाबले तिब्र गतिमा बढछ । तर संस्थागत लगानीकर्ताहरुले कूल कारोबार योग्य शेयरको ठूलो भाग खरिद गरेका छन भने त्यस्तो कम्पनीको शेयर छनौट गर्दा सावधानी अपनाउनु पर्छ ।

M = Market direction

लगानीकर्ताले जहिले पनि समग्रमा बजार माथि जान थाले पछि शेयर खरिद गर्नु पर्छ । किनकी आधारभूत सूचकहरु जतिसकै बलियो भए पनि बजार ओरालो लागेको बेलामा शेयर मूल्य तल झर्छ ।

शेयर छनौट गर्दा बजार बियर ट्रेण्डमा छ की बुल ट्रेण्डमा छ भन्ने कुरा थाहा पाउनु महत्वपूर्ण तथा आवश्यक हुन्छ । यो मोडलको आधारमा लगानी गर्ने लगानीकर्ताहरु बजारले डोर्याए बमोजिम लगानी गर्नु पर्छ न की त्यसको विपरित भन्नेमा विश्वास गर्दछन् । उनिहरुको विचारमा ४ मध्ये ३ वटा स्टक शेयर बजार जता जान्छ त्यतै लाग्छ भन्ने सिद्धान्तमा विश्वास गर्दछन् । त्यसैले बजार माथि गईरहेको बेलामा खरिद गर्ने निर्णय लिने लगानीकर्ता ७५ प्रतिशत सही हुने संभावना रहन्छ भने बजार तल गईरहेको बेलामा खरिद गर्ने निर्णय लिएमा ७५ प्रतिशत गलत हुने संभावना रहन्छ ।

यो पद्धतिको फाईदा

कम्पनीको आधारभूत सूचकलाई प्राविधिक विश्लेषण संग जोडेर निचोड निकाल्नुनै यो पद्धतिको फाईदा हो । यो पद्धति स्टक मार्केटको “breakout/breakdown” रणनीतिको उन्नत स्वरुप हो । जब सूचक कुनै पूर्व टेवा (Support) भन्दा तल नगएर फर्कन्छ र क्रमशः माथि जान थाल्छ तब त्यसलाई breakout भनिन्छ ।

लगानीकर्ताले यस्तो अवस्थालाई बुल रनको शुरुवातको रुपमा लिई शेयर खरिद बढाउन थाल्छन । CAN SLIM पद्धति अपनाउने लगानीकर्ताले प्राविधिक विश्लेषणबाट यस्तो अवस्थाको पत्ता लगई राम्रो शेयरको छनौट गरि शेयर खरिद गर्दछन् ।

तर breakout यथार्थ हो की false  हो भनि जान्नु जरुरी हुन्छ । किनकी कहिले काही breakout छोटो समयको लागि मात्र हुन्छ । यस्तो अवस्थामा खरिद गर्दा बजार तल गएर बेफाईदा पनि हुन सक्छ जसलाई Bull Trap  पनि भनिन्छ ।

त्यसैले CAN SLIM पद्धति जहिले पनि बुल मार्केटमा प्रयोग गर्नु पर्दछ । यसलाई बियर मार्केटमा प्रयोग गरिनु हुँदैन किनकी बियर मार्केटमा प्रायः सबै शेयरको मूल्य तल गईरहेको हुन्छ ।

यो पद्धतिको बेफाईदा

CAN SLIM पद्धतिले बियर मार्केटमा काम गर्दैन । किनकी बियर मार्केटमा प्रायः सबै शेयरको मूल्य घटिरहेको हुन्छ । जब मार्केटको ट्रेण्ड कमजोर हुन्छ यसले लगानीकर्तालाई आफ्नो घाटा कम गर्न दबाव दिन्छ ।

त्यसैगरि CAN SLIM ले जब बजार breakout को अवस्थामा हुन्छ तब शेयर खरिद गर्ने सल्लाह दिन्छ । यसले breakout भएर बजार धेरै समय देखि बढिसकेको अवस्थामा बजार प्रवेशको सल्लाह दिदैन । तर कहिले काँही बजार breakout भएर बढीसकेको अवस्थामा पनि धेरै समय सम्म बढदै जाने हुन्छ जसले गर्दा लगानीकर्ताले कमाउने अवसर गुमाउछन् ।

अन्तमा

CAN SLIM रणनीति अनुशासित किसिमले नाफा बुक गर्ने पद्धति हो । अर्थात जतिसुकै मूल्यमा शेयर खरिद गरेको भए पनि खरिद मूल्य भन्दा ७ – ८ प्रतिशत मूल्य तल झरेमा विक्रि गरी आफ्नो नोक्सानलाई रोक्नु पर्दछ र मूल्य २०-२५ प्रतिशत माथि गएमा मुनाफा बुक गर्न पछि पर्नु हुँदैन किनकी त्यस पछि मूल्य तल जाने संभावना प्रवल रहन्छ ।

CAN SLIM को ७ वटा आधारलाई विचार गर्दा यसले दुबै आधारभूत तथा प्राविधिक विश्लेषणलाई अंगिकार गरेको छ र यो नै यसको सुन्दर पक्ष हो । यो रणनीतिले त्यस्तो कम्पनी जसले नयाँ प्रडक्ट र सेवाहरु ल्याएको छ, प्रभावकारी ब्यवस्थापक द्धारा संचालित छ तथा जसले क्रमशः ब्यापार बृद्धि गर्दै गईरहेको छ को शेयर खरिद गर्न सुझाव दिन्छ । त्यसै गरि आफ्नो सेक्टरको नेता तथा नेता बन्न सकने क्षमता प्रदर्शित गरेका कम्पनीको शेयर मात्र खरिद गर्नु पर्दछ भनेर भन्छ ।

अर्को तर्फ यसले करेक्सनको समय अथवा बियर मार्केटमा आफ्नो पूँजीको सुरक्षा गरी जब मार्केट निश्चित रुपले बुल रनमा जान्छ तब मात्र खरिद गर्न सुझाव दिन्छ । यद्यपी यस्तो प्राविधिक अवस्था पत्ता लगाउन आम लगानीकर्ताको लागि कठिन हुन्छ ।

(भट्टराई नेपाल सरकारका अवकाशप्राप्त उप सचिव हुन्)

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।