युनियन हाइड्रोपावरको आईपिओमा पहिलो दिन कति पर्यो आवेदन ?

Mar 28, 2019 Merolagani



युनियन हाइड्रोपावर कम्पनी (UHCL) को आईपिओमा पहिलो दिन बुधबार ७ करोड २० लाख रुपैयाँ भन्दा बढीको आवेदन परेको छ। बिक्री प्रबनधक लक्ष्मी क्यापिटलका अनुसार ८ हजार ४ सय भन्दा बढी आबेदनवाट ७ लाख २० हजार कित्ताको लागि आवेदन परेको हो।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाबाट अवितरित समेत कूल ३५ लाख ३४ हजार ३४० कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

कूल निष्काशित आईपिओमध्ये ७० हजार ६८६ कित्ता हाइड्रोपावरका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ । सामूहिक लगानी कोषहरुले खरिद नगरेपश्चात बाँकी ३४ लाख ६३ हजार ६५४ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यस आईपिओ छिटोमा चैत १७ गते बन्द हुनेछ भने आवश्यक आवेदन नपरेको खण्डमा बैशाख १२ गतेसम्म खुला रहनेछ । इच्छुकले लगानीकर्ताले मेरो शेयर सफ्वेयर तथा धितोपत्र बोर्डबाट आश्वा अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै आवेदन गर्न सकिनेछ। आईपिओमा न्यूनतम ५० देखि अधिकतम ३५ हजार कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था छ।

इक्रा नेपालले कम्पनीको आईपिओलाई औसतभन्दा तल आधार जनाउने 'इक्रा एनपी आईपिओ ग्रेड ५' रेटिङ्ग प्रदान गरेको छ। ग्रेड फाइभ रेटिङ्गले कम्पनीको वित्तीय अवस्था कमजोर आधार रहेको बुझाउँछ।

युनियन हाइड्रोपावरले निमार्ण गरेको ३.३ मेगावाट क्षमताको मिदिम खोला जलविद्युत आयोजना निर्माण पूरा भई २०७४ माघ १५ गतेदेखि व्यापारिक उत्पादन सुरु भइसकेको छ भने २३ मेगावाटको मेवाखोला प्रोजेक्ट निर्माणको अनुमति पाएको छ । हाइड्रोपावरको प्रतिमेगावट लागत २६ करोड ५० लाख ९२५ रुपैयाँ छ । 




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।