दुई लघुवित्तले थाले आईपिओ निष्काशनको प्रकृया, इक्रा रेटिङ्गमा कमजोर

Apr 01, 2019 Merolagani

सबैको लघुवित्त र आँधीखोला लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि आईपिओ निष्काशन गर्ने प्रकृया थालेका छन् । सबैको लघुवित्तले ५ करोड ३० लाख रुपैयाँको ५ लाख ३० हजार कित्ता र आँधीखोला लघुवित्तले ४ करोड रुपैयाँ बराबरको चार लाख कित्ता आईपिओ जारी गर्न लागेका हुन् ।

दुबै लघुवित्तले निष्काशन गर्न लागेको आईपिओलाई इक्रा नेपालले ‘इक्राएनपि आईपिओ ग्रेड ४’ रेटिङ्ग दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउछ ।

तनहुँको बन्दीपुर १ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीयले दोस्रो वार्षिक साधारण सभाबाट आईपिओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो । लघुवित्तले जारी गर्न लागेको ५ लाख ३० हजार कित्ता अर्थात ५ करोड ३० लाख रुपैयाँ बराबरको आईपिओलाई रेटिङ्ग गराएको हो ।

लघुवित्तमा संस्थापकहरु तर्फको ७० प्रतिशत बराबरको ११ करोड २० लाख रुपैयाँ चुक्ता भैसकेको छ भने आईपिओ जारीपछि लघुवित्तको चुक्ता पूँजी १६ करोड ५० लाख कायम हुनेछ ।

यस्तै, आँधीखोला लघुवित्त वित्तीय संस्थाले जारी गर्ने लागेको ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्काशन प्रकृया थालेको हो ।

जस अनर्तगत कम्पनीको आईपिओलाई रेटिङ्ग गराएको छ । कम्पनीको आईपिओलाई पनि इक्रा नेपालले ‘इक्राएनपि आईपिओ ग्रेड ४’ रेटिङ्ग दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउछ ।

स्याङजा भिरकोटमा केन्द्रिय कार्यलय रहेको आँधीखोला लघुवित्तले १० जिल्लाहरुमा १९ शाखा विस्तार गरेका छन् ।

दुवै लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटलले गर्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।