अनलाइन कारोबार प्रणालीका प्रयोगकर्ताको संख्या कति पुग्यो ?

Apr 01, 2019 Merolagani



नेपाल स्टक एक्सचेञ्जको अनलाइन कारोबार प्रणालीबाट औसतमा दैनिक ५९६ जनाले शेयर कारोबार गर्ने गरेको देखिएको छ । गत कात्तिक २० गतेदेखि अनलाइन कारोबार प्रणाली सञ्चालनमा आएकोमा प्राविधिक समस्याका कारण पहिलो चरणमा यसका प्रयोगकर्ता बढ्न सकेका थिएनन् । आगामी दिनमा अनलाइनबाट शेयर कारोबार प्रणाली चलाउने प्रयोगकर्ताको संख्या अझै बढ्दै जाने नेप्सेले अपेक्षा लिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार अनलाइन कारोबार प्रणाली सुरु भएयता अनलाइन कारोबार प्रणालीमा आबद्ध हुने कुल लगानीकर्ताको संख्या ३ हजार ५५७ छ ।

यो संख्या कात्तिक २० देखि चैत १७ गतेसम्मको हो । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा आए पछि आफैंले प्रणालीमा लगइन गरेर लगानीकर्ताले जम्मा २ अर्ब ५२ करोड रुपैंयाको शेयर कारोबार गरेका छन् ।

नेपाल स्टक एक्सचेत्तजका अनुसार गत फागुन २८ गतेका दिन अनलाइन प्रणालीबाट सबैभन्दा धेरै रकमको शेयर किनबेच भएको छ । उक्त दिन अनलाइन प्रणालीबाट मात्र २० करोड रुपैंयाको शेयर किनबेच भएको थियो ।

नेप्सेको अनलाइन कारोबार प्रणाली न्समा समस्या नरहेको भन्दै नेप्सेले अरु विषयमा देखिएका समस्या सम्बद्ध पक्षसँगको समन्वयमा समाधान हुँदै जाने बताएको छ । आगामी दिनमा अनलाइन प्रयोगकर्ताको संख्या बढ्दै जाने विश्वास नेप्सेले लिएको छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।