अनलाइन कारोबार प्रणालीका प्रयोगकर्ताको संख्या कति पुग्यो ?

Apr 01, 2019 Merolagani



नेपाल स्टक एक्सचेञ्जको अनलाइन कारोबार प्रणालीबाट औसतमा दैनिक ५९६ जनाले शेयर कारोबार गर्ने गरेको देखिएको छ । गत कात्तिक २० गतेदेखि अनलाइन कारोबार प्रणाली सञ्चालनमा आएकोमा प्राविधिक समस्याका कारण पहिलो चरणमा यसका प्रयोगकर्ता बढ्न सकेका थिएनन् । आगामी दिनमा अनलाइनबाट शेयर कारोबार प्रणाली चलाउने प्रयोगकर्ताको संख्या अझै बढ्दै जाने नेप्सेले अपेक्षा लिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार अनलाइन कारोबार प्रणाली सुरु भएयता अनलाइन कारोबार प्रणालीमा आबद्ध हुने कुल लगानीकर्ताको संख्या ३ हजार ५५७ छ ।

यो संख्या कात्तिक २० देखि चैत १७ गतेसम्मको हो । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा आए पछि आफैंले प्रणालीमा लगइन गरेर लगानीकर्ताले जम्मा २ अर्ब ५२ करोड रुपैंयाको शेयर कारोबार गरेका छन् ।

नेपाल स्टक एक्सचेत्तजका अनुसार गत फागुन २८ गतेका दिन अनलाइन प्रणालीबाट सबैभन्दा धेरै रकमको शेयर किनबेच भएको छ । उक्त दिन अनलाइन प्रणालीबाट मात्र २० करोड रुपैंयाको शेयर किनबेच भएको थियो ।

नेप्सेको अनलाइन कारोबार प्रणाली न्समा समस्या नरहेको भन्दै नेप्सेले अरु विषयमा देखिएका समस्या सम्बद्ध पक्षसँगको समन्वयमा समाधान हुँदै जाने बताएको छ । आगामी दिनमा अनलाइन प्रयोगकर्ताको संख्या बढ्दै जाने विश्वास नेप्सेले लिएको छ ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।