लगानीकर्ताको हातमा अनलाइन पुगे पछि यस्तो देखियो बजारको अवस्था (तथ्यांक सहित)

Apr 01, 2019 Merolagani



नेपाल स्टक एक्सचेञ्जले सञ्चालनमा ल्याएको पुर्ण स्वचालित अनलाइन कारोबार प्रणालीले बजारमा कारोबार चाप बढेको देखिएको छ । नेपाल स्टक एक्सचेञ्जले उपलब्ध गराएको तथ्यांकका आधारमा प्रयोगकर्ता आफैंले चलाउनु पहिलोको नेप्सेको अनलाइन प्रणालीबाट हुने कारोबारको तथ्यांकभन्दा प्रयोगकर्ता आफैंले चलाउन थाले पछिको तथ्यांकमा सुधार भएको देखिएको हो ।

सोमबार नेप्सेले सार्वजनिक गरेको विबरण अनुसार प्रयोगकर्ताले अनलाइन चलाउन थाले पछि कारोबार संख्या र कारोबारमा आएको शेयरको संख्या बढेको छ । बजार घट्दो अवस्थाबाट गुज्रिएका कारण कारोबार रकम भने उस्तै अवस्थामा रहेको देखिएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार चालु आर्थिक वर्षको सुरुवातदेखि कात्तिक २० गतेसम्मको साढे तीन महिनामा नेप्सेको अनलाइन प्रणालीबाट ३० अर्ब रुपैंयाको शेयर किनबेच भएको थियो । कात्तिक २० पछि लगानीकर्ताले प्रयोग गर्न थालेपछि चैतसम्ममा ३० अर्ब रुपैंयाको नै शेयर कारोबार भएको छ ।

त्यसै गरी साउनदेखि कात्तिक १९ गतेसम्म औसतमा दैनिक ३४ करोड रुपैंयाको शेयर कारोबार भएकोमा लगानीकर्ता आफैंले अनलाइन चलाउन थालेपछि पनि औसतमा ३४ करोड रुपैंयाको नै शेयर कारोबार भएको नेप्सेको तथ्यांकले देखाउँछ ।

लगानीकर्ता आफैंले प्रणाली नचलाउँदा साउदेखि कात्तिक १९ गतेसम्मको अवधिमा कुनै एक दिन १० हजार पटकसम्म शेयर कारोबार हुँदै आएकोमा लगानीकर्ताले चलाउन थाले पछि १५ हजार पटकसम्म शेयर किनबेच भएको नेप्सेको तथ्यांकमा छ । लगानीकर्ताले अनलाइन चलाउनु पहिलो तुलनामा चलाउन थाले पछि कारोबार संख्या ५० प्रतिशतले बढेको तथ्यांकले देखाएको हो ।

त्यसै गरी कात्तिक १९ सम्मको अवधिमा कुनै एक दिनमा ६० लाख कित्तासम्म मात्र शेयर किनबेच भएकोमा लगानीकर्ता आफैंले प्रणाली चलाउन थाले पछि १ करोड कित्तासम्म शेयर कारोबार भएको तथ्यांकले दोखाउँछ । लगानीकर्ता आफैंले शेयर कारोबार गर्न थाले पछि दैनिक रुपमा कारोबार हुने शेयरको संख्यामा ६५ प्रतिशतभन्दा धेरै बढोत्तरी भएको देखिन्छ ।

मेरोलगानीसँग कुरा गर्दै नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले भने, 'उल्लेखित तथ्यांकहरुले अनलाइन कारोबार प्रणाली लगानीकर्ताको हातमा पुगे पछि बजारको आकार औसतमा ५५ प्रतिशतको हाराहारीमा बढेको देखिन्छ । अनलाइन कारोबार प्रणालीले छोटो समयमा देखाएको यो सुधारले अनलाइन प्रणाली सफल भएको नेप्सेको बुझाई छ र साथै यो प्रणालीको नेप्सेतर्फको नट्समा कुनै पनि किसिमको समस्या नरहेको हामी प्रष्ट पार्न चाहन्छौं ।'

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।