शेयर कारोबार खुल्यो, १ घण्टा १८ मिनेट चल्ने

Mar 27, 2019 Merolagani



ब्रोकर टिएमएसमा देखिएको समस्या समाधान भए पछि शेयर कारोबार सुचारु भएको छ । शेयर दलालको डाटा सेन्टरको प्राथमिक राउटर अर्थात फायरवाललाई वैकल्पिक फायरवालले काम चलाएसँगै शेयर कारोबार खुलेको हो ।

नेप्सेका अनुसार कारोबार अबरुद्ध भएको समयदेखि बन्दहुने अवधिसम्मको अवधिका लागि खोलिनेछ । १ बजेर ४२ मिनेटमा आएको समस्याका आधारमा हेर्दा अब बजार १ घण्टा १८ मिनेट सञ्चालन हुनेछ ।

नेप्सेले आफ्नो डाटा सेन्टरको प्राथमिक फायरवाल आफ्नो भेण्डर कम्पनी मार्फत मर्मत गरी आगामी दिनमा आउन सक्ने असस्याका बारेमा अलर्ट हुन शेयर दलालहरुलाई आग्रह समेत गरेको छ ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।