शेयर कारोबार खुल्यो, १ घण्टा १८ मिनेट चल्ने

Mar 27, 2019 Merolagani



ब्रोकर टिएमएसमा देखिएको समस्या समाधान भए पछि शेयर कारोबार सुचारु भएको छ । शेयर दलालको डाटा सेन्टरको प्राथमिक राउटर अर्थात फायरवाललाई वैकल्पिक फायरवालले काम चलाएसँगै शेयर कारोबार खुलेको हो ।

नेप्सेका अनुसार कारोबार अबरुद्ध भएको समयदेखि बन्दहुने अवधिसम्मको अवधिका लागि खोलिनेछ । १ बजेर ४२ मिनेटमा आएको समस्याका आधारमा हेर्दा अब बजार १ घण्टा १८ मिनेट सञ्चालन हुनेछ ।

नेप्सेले आफ्नो डाटा सेन्टरको प्राथमिक फायरवाल आफ्नो भेण्डर कम्पनी मार्फत मर्मत गरी आगामी दिनमा आउन सक्ने असस्याका बारेमा अलर्ट हुन शेयर दलालहरुलाई आग्रह समेत गरेको छ ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।