ब्रोकर टिएमएस फायर वाल फेरेपछि केही बेरमा कारोबार सुचारु हुने

Mar 27, 2019 Merolagani



बुधबार १ बजेर १४ मिनेटदेखि अबरुद्ध भएको शेयर कारोबार ब्रोकर टिएमएसको फायर वाल फेरेपछि केही बेरमा कारोबार सुचारु हुने नेप्सेले जनाएको छ।

प्राथमिक फायरवालमा आएको समस्याका कारण बैकल्पिक फायर वाल जडान हुने वित्तिकै बजार सुचारु हुने नेप्सेले जनाएको छ ।

रोकिएको समयावधि कारोबार खुलेपछि थप एक घण्टा १८ मिनेट बजार सुचारु हुने बताइएको छ। 

सदस्य दलालले प्रयोग गरिरहेको ब्रोकर प्रणाली टिएमएस होस्टिङ्ग भएको डेटा हबको राउटर फायरवालमा समस्या आएकोले सम्पूर्ण ब्रोकरहरुले प्रणालीमा  लगइन गर्न नसकेकोले  कारोबर सुचारु हुन नसकेको नेप्सेले जनाएकाे छ। 

भएकाे के थियाे विस्तृत समाचार यहाँबाट हेर्नुहोस्:-

नेप्से भन्छ, 'बुधबारको समस्या शेयर दलालकोतर्फबाट आएको हो, हाम्रो प्रणालीमा समस्या छैन'




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।